देश फासीवादतर्फ गयो – गजुरेल

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७५
20190322_125712

पोखरा, ८ चैत । नेकपा (माओवादी ) क्रान्तिकारीका स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सरकारको दुई तिहाई वहुमतको बलमा देश फासीवादतर्फ जान लागेको बताएका छन् ।

मोर्चाको प्रदेश नं ४ को प्रथम सम्मेलनको शुक्रवार पोखरामा उद्घाटन गर्दै उनले राजनीतिक पार्टीमाथि प्रतिवन्ध लगाएर मुलुकलाई फेरी निर्दलीय व्यवस्थातर्फ फर्काउने दुष्प्रयास भएको आरोप लगाए । उनले विप्लव समूहमाथि लगाइएको प्रतिवन्ध तुरुन्त खारेज गर्नुपर्ने माग गरे ।

समारोहमा केन्द्रीय सदस्यहरु अशोक लम्साल, नीलवहादुर पुन, पदम सुन्दर लिम्वु, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शंकर बराल, नेकपा माले प्रदेश नं ४ का सदस्य टेकनाथ भण्डारी, वामवुद्धिजीवी पूर्णप्रसाद ढुंगाना, स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद वास्तोला लगायतले देशको समसामयिक परिस्थितीवारे मन्तव्य राखेका थिए ।

मोर्चा प्रदेश ४ का संयोजक केशवहादुर परियारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य भीमवहादुर श्रीसले स्वागत मन्तव्य र केन्द्रीय सदस्य सुशीला थापाले कार्यक्रम संचालन गरेकी थिइन् । समारोहमा संगम सांस्कृतिक मञ्च नेपालका कलाकारहरुले – खाँचो अझै संघषको हाम्रो प्यारो देशलाई वोलमा गीत प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width