म्याग्दी नदीमा मोटर चल्ने पुल निर्माण शुरु

रासस
चैत्र २, २०७५
River-04062017081734-1000×0

म्याग्दी २ चैत । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर र अर्मन जोड्ने पुल निर्माण गर्न थालिएको छ । सडक डिभिजन कार्यालयले मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा न. ५ अर्मनको मसानघाटमा मोटर चल्ने पक्की पुल बनाउन लागेको हो ।

चालिस\चालिस मिटरको ‘डबल स्पाम’ भएको ८० मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण गर्न लागिएको उक्त कार्यालयका सूचना अधिकारी इञ्जिनियर मकुन्दप्रसाद लामीछानेले जानकारी दिए । पुल निर्माणका लागि लुम्बिनी प्राकृतिक जेभीले ११ करोड २४ लाख २५ हजारमा ठेक्का सम्झौता गरेको छ ।

गत पुस २५ गते भएको सम्झौताअनुसार पुल २०७७ पुस २५ मा सम्पन्न गर्ने लक्ष्य छ । निर्माण कम्पनीले पुल निर्माणका लागि जग खन्ने काम शुरु गरेको छ । यो पुल निर्माण भएपछि मङ्गला गाउँपालिकाको अर्मन र बरङ्जाका साथै बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दालाई सुबिधा पुग्ने जनाइएको छ ।

अर्मन र बरङ्जामा सडक निर्माण भएपनि मोटर चल्ने पुल नहुँदा स्थानीयवासी यातायात सुबिधाबाट बञ्चित थिए । दश वर्ष अघि नै स्थानीयवासी, जिविस, गाविसको पहलमा निर्माण भएको सडकमा सो पुल निर्माण भएपछि स्थानीयवासीले सुबिधा पाउने मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

पुलको अभावमा हिउँदमा म्याग्दी नदीबाट सवारी साधन वारपार गर्दै आएका छन् तर बर्खामा भने आवतजावत बन्द हुने गरेको छ । सडक डिभिजनले बेनी नगरपालिका–४ फापरखेतदेखि मङ्गला गाउँपालिका–३ बरङ्जा जोड्ने ११७ मिटर लामो अर्को मोटर चल्ने पुल पनि निर्माण शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width