हेमजा, १६ फागुन। अन्नपूर्ण गाउँपालिका–२ स्थित नागडाँडाहुँदै सेराचौर जोड्ने ग्रामीण सडकअन्तर्गत स्तरउन्नति कार्य जारी रहेको छ।
गण्डकी प्रदेश सरकारको ५० लाख तथा गाउँपालिकाको २० लाख सहयोगबाट सो बाटो ढलान गरी यस वर्ष स्तरोन्नति गरिँदै छ।
स्थानीय जिरो किलोमिटरबाट शिव मन्दिरसम्मको कुल ७ सय ६५ मिटर बाटो ढलान गर्न लागिएको हो।
जसमध्ये बिहीबारसम्म दुई सय ५० मिटर बाटो ढलान गरिएको वडाध्यक्ष चूडामणि अधिकारीले जानकारी दिए।
बाटो ४ मिटर चाक्लो ढलान गरिएको छ। माघ ४ गतेबाट शुरु उक्त कार्य फागुन मसान्त वा चैतको पहिलो हप्तासम्म सम्पन्न गर्ने योजना निर्माण समितिले जनाएको छ।
आगामी १ वर्षभित्र सेराचौर गाउँसम्म नै ढलान बाटो पुर्याउने योजना पनि रहेको छ।
सो बाटोबाट सेराचौर, सौरेनी तथा नयाँगाउँ गरी करिब एक सय ६० घरधुरी प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष अधिकारीले बताए।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९