पोखरा, ९ पुस। पशुमा लाग्ने थुनेलो र बाँझोपनसम्बन्धी पोखरा वडा २९ र ३० का कृषकलाई अभिमुखीकरण कार्यक्रम गरियो ।
रोटरी क्लब अफ लेखनाथको आयोजनामा सोमबार सो वडाका नौबिसे दुग्ध सहकारी सस्था लि.का १ सय ५० दुग्ध व्यवसायी कृषकलाई भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालले थुनेलोबाट कसरी जोगिने भन्नेबारे जानकारी दिए।
थुनेलोबाट जोगिन दूध दुहुने मानिसले नङ काट्नुपने, गोठको सरसफाइमा ध्यान दिनुपने र रोग लागेको शंका लाग्ने वित्तिकै पशु प्राविधिकसँग सम्पर्क गर्न अर्यालले कृषकलाई आग्रह गरे।
भेटोक्वीनल कम्पनिका एरिया इञ्चार्ज रमेश खड्काले कम्पनीले उत्पादन गरेका विभिन्न औषधि र प्रयोगका सम्बन्धमा प्रकाश पारे।
कार्यक्रममा पशुपालक कृषकलाई १ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न औषधि निःशुल्क वितरण गरिएको क्लब अध्यक्ष विश्वमणि भण्डारीले जानकारी दिए।
कार्यक्रममा क्लबका उपाध्यक्ष हरि बुढाथोकी, नौबिसे दुग्ध सहकारीका अध्यक्ष बाबुराम ढकाल, क्लबका सचिव हरिप्रसाद खनालले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९