साना किसान सहकारीद्वारा कृषक सम्मान

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७५
Kisan Samman

पोखरा, २३ मंसिर । साना किसान कृषि सहकारी संस्था लि.को १३ औं वाषिर्क साधारणसभा अवसरमा कृषि कार्यमा लागि उत्कृष्ट बन्न सफल ४ जना कृषकलाई सम्मान गरिएको छ ।

उद्यमशीलताका माध्यमबाट व्यावसायिक कृषिको प्रयोग गर्दै समाजमा उदाहरणीय बन्न सफल पोखरा २१ का नवराज सुवेदी, उदयराज पोख्रेल, यमप्रसाद गौतम र गंगामाया भण्डारीलाई शनिवार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।

सम्मानित चारै जना सहकारीमार्फत कृषि ऋण लिई पशुपालन, व्यावसायिक तरकारी तथा पुष्प खेती गरी मनग्य आम्दानी गर्दै समाजमा अनुकरणीय बनेको संस्थाका अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रममा उत्कृष्ट सञ्चालक सम्मानबाट झलकबहादुर थापालाई नगद र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

कृषकलाई सम्मान गर्दै पोखरा २१ वडाध्यक्ष खगराज आचार्यले व्यावसायिक कृषिका क्षेत्रमा लाग्ने जो कोहीलाई वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

२०६२ सालमा स्थापना भई सञ्चालनमा आएको सो सहकारीका १ हजार ६३ जना सेयर सदस्यमध्ये ७१ प्रतिशत महिला छन् ।

कार्यक्रममा कृषि सहकारी गण्डकी प्रदेश संयोजक राजमी अधिकारी, वडा सदस्य सीता विक, खानेपानी योजनाका अध्यक्ष दाताराम आचार्य, संस्थाका पूर्व अध्यक्ष इश्वरीप्रसाद पोख्रेल, सम्मानित कृषक उदयराज पोख्रेल र गंगामाया भण्डारी लगायतले कृषि पेशालाई सम्मानित र मर्यादित बनाउनु पर्ने बताए ।

संस्थाका अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष योगेन्द्र सुवेदीले स्वागत तथा सचिव सुनिता सापकोटा र प्रबन्धक धर्मराज अधिकारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width