हेमजा, २३ असोज। मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको अभियानमा संघीय सरकारका मन्त्रीहरुले साथ दिने प्रतिबद्घता जनाएका छन्।
संस्था सल्लाहकार समितिको काठमाडौंमा सम्पन्न बैठकमा उपस्थित संस्थाका सल्लाहकार समेत रहेका मन्त्रीहरुले सो प्रतिबद्घता प्रकट गरेका हुन्।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, सँस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा लगायत मन्त्रीहरुले अभियानको सन्देश देशविदेशमा पुयाउनुपर्ने भन्दै आफूहरुले साथ दिने जनाए।
बैठकमा संस्थाका सल्लाहकार सोमनाथ अधिकारी प्यासी, विष्णु ओझा, शोभाकर भण्डारी कानूनी सल्लाहकार सरलाकुमारी पाण्डे, मिडिया सल्लाहकार मधुकर महर्जन, पूर्व उर्जामन्त्री राधा ज्ञवाली, अखिल नेपाल महिला संघकी उपाध्यक्ष सीता पौडेल लगायतको सहभागिता थियो।
यस्तै, प्रतिष्ठानतर्फबाट अध्यक्ष कोविदशरण उपाध्याय, संरक्षकद्वय भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल, वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेल, सचिव रमा त्रिपाठी लगायत सहभागी थिए।
संस्थाका प्रमुख सल्लाहकार मन्त्री थममाया थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम कानूनी सल्लाहकार सरलाकुमारी पाण्डेले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९