लेखनाथ, २५ असार। कास्की जिल्लाकै उत्कृष्ट गन्तव्यस्थल मानिएको पर्यटकीय शाही टे्रकिङ हाल ओझेलमा परेको छ।
बेलायती राजकुमार चार्ल्सले २०३९ सालमा विजयपुरबाट शुरु गरेको पदमार्गलाई चिन्तेको डाँडा (चार्ल्स हिल प्वाइन्ट) लाई विश्वको उत्कृष्ट स्थलको रुपमा परिचित गराएका थिए। अहिले पनि रोयल ट्रेकअन्तर्गत कालिका, वेतेनी, लिपेनी, स्याक्लुङ, मेरेको चौतारा,रुपाकोट गाउँपालिकाको चिसापानी, मोहोरिया, स्याक्लुङ र सुन्दरीडाँडा र तालवेशीलाई चिनिन्छ । युवराज चार्ल्सले ३ दिन लगाएर यात्रा पूरा गरेको सो रुट रोयल ट्रेकको नामले परिचित छ।
स्थानीयको भनाइमा विगतमा चार्ल्सको यात्रासँगै एकाएक रोयल ट्रेकको रुपमा चर्चित भयो । युवराजले हिडेको बाटो हामी पनि हिड्नुपर्छ भनी आन्तरिक एवं बाहयक पर्यटक आउने क्रम बढ्न थाल्यो । दैनिक ४ सय जनासम्म आए । स्थानीयका उत्पादित वस्तुहरु बिके । घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकको सुविधाका लागि होटल खोल्ने क्रम शुरु भयो । पर्यटकबाट आर्थिक सहयोग माग्दै आमा समूहले पाटी पौवा बनाए। स्कूले बालबाललिकाले एक्सपोजर पाए। साथसाथै स्थानीयको आर्थिक स्थितिमा बढोत्तरी आउन थाल्यो । निकै पहलपहल हुने सो स्थल आज किन ओझेलमा पर्यो ? चिन्ताको विषय छ ।
एक त सशस्त्र जनयुद्ध शुरुसँगै पर्यटक आउने क्रम पनि घट्दै गयो भने । गाउँबाट शहर झर्ने वातावरण सृजना भएसँगै पर्यटन व्यवसाय पनि ओझेलमा परेको गुनासो स्थानीवासीको रहेको छ।
ओझेलमा परेको सो रोयल ट्रेकलाई पोखरा-रुपा सर्म्पर्क समाज कास्कीले प्रचार प्रसारको लागि नेपाली कां’ग्रेस कास्कीका सभापति कृष्ण केसीको संयोजकत्वमा रोयल ट्रेक हाइकिङको यात्रा चार्ल्स हिल प्यान्ट, स्यक्लुङ र रुपाकोटको मोहोरीया गाउँको एकदिने पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्यो ।
जसमा मन्त्रालयका कर्मचारी, विभिन्न कलेजका प्राचार्य, पर्यटन व्यवसायी त्यसमा आवद्ध विभिन्न संघसंस्था र राजनीतिक दलका नेता र पत्रकारको सहभागिता थियो । पदयात्राका सहभागीले प्रशस्त पर्यटकीय गन्तव्य बोकेको सो क्षेत्रको उचित प्रचारप्रसार गर्न नसक्नु कमजोरी रहेको बताए ।
कालिकाबाट शुरु हाइकिङ उद्घाटन गर्दै नेता केसीले कास्कीमा पर्यटनका लागि प्रशस्त गन्तब्य रहे पनि उचित प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएको बताए।
पोखरा २८ का वडाध्यक्ष निर्मल दियालीले ऐतिहासिक महत्व बोकेको ट्रेक प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने बताए। रुपागाँउपालिका वडा ७ का अध्यक्ष दयासागर सुवेेदीले होमस्टे मार्फत गाउँमै स्वरोजगार सृजना गर्ने योजना रहेको बताए।
रोयल ट्रेक हाइकिङका सहभागी प्राध्यापक श्रीकृष्ण पन्थीले रोयल ट्रेकअन्तर्गत पर्ने सबै क्षेत्र भ्रमणको लागि उत्कृष्ट गन्तव्यको रुपमा रहेको भन्दै आगामी नयाँ वर्ष साथीहरु सहित घुम्न आउने योजना सुनाए।
पर्यटन बोर्डको सहयोगमा भएको सो हाइकिङ कालिका, चिन्तेको डाँडा, सौरे, माझठाना, लिपयानी स्याकलूङ, डाँडाँटावरहुँदै रामकोट, सक्रभञ्ज्याङ, मोहरियाहुँदै बेगनासतालमा आएर समापन भएको हो । विगतमा राजकुमार चार्ल्सले विजयपुरको चाँपको चौरबाट शुरु गरेको पैदलयात्रा विजयपुरमाथिको चिन्तेको डाँडाँमा आएर एकरात बिताएका थिए। उनले कालिका, सौरे, लिपयानी, राम्चेहुँदै स्याक्लुङको डाँडाँमा दोश्रो रात बिताएका थिए । रुपाकोटको चिसापानीमा तेश्रो रात बिताएका उनी बेगनास तालको जंगलमा चौथो रात बिताएर र्फकेका थिए। यसरी अबका दिनमा पनि सो रुटको व्यापक प्रचारप्रसार गर्न सके पर्यटकको पर्खाइमा बसेका स्थानीयवासीको आशाका किरण पलाउने थिए कि ?
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९