पोखरा, २५ असार । संस्कृतिविद् सत्यमोहन जोशीलाई धर्मराज-सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार-२०७४ प्रदान गरिने भएको छ ।
जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा र प्रतिभा छनोट सदस्यहरुको सिफारिस आधारमा यो पुरस्कार जोशीलाई प्रदान गरिने भएको हो । पुरस्कार राशि ५० हजार रुपैयाँ नगद सहित सम्मापत्र रहेको छ ।
नेपाली लोकसाहित्य र संस्कृतिको श्रीवृद्धिमा सात दशकदेखि यस विधामा निरन्तर समर्पित भै विभिन्न माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष योगदान गरेवापत संस्कृतिविद् जोशीलाई सो पुरस्कार प्रदान गरिने भएको प्रतिष्ठानद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा उपराष्ट्रपति कार्यालयमा साउन १ गते सो पुरस्कार अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९