पोखरा, ९ असार । अन्तरसमाज महासंघ राष्ट्रिय समिति पोखराको छैटौं साधारणसभा तथा चौथो महाधिवेशन पोखरामा शनिबार सम्पन्न भयो ।
कार्यक्रम उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश ४ का कार्यवाहक सभामुख सिर्जना शर्माले समाजलाई सकारात्मक दिशामा डोर्याउने यसप्रकारका समाजले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले संस्था स्थापना गर्नु र जोगाउनु निकै चुनौती रहेको पनि बताइन् । उनले अन्तरसमाज महासंघले पोखरामा निर्माण गर्न लागेको पार्क निर्माण सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग रहने आश्वासन दिइन् ।
स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पोखराको विकासमा सर्म्पर्क समाजले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले महासंघको अझ प्रगतिको कामना गरे ।
अन्तरसमाज महासंघका संस्थापक अध्यक्ष एवं सल्लाहकार रुद्र खनालले संस्थामा लागिसकेपछि लगाव हुनुपर्नेमा जोड दिए ।
महासंघका निवर्तमान अध्यक्ष नीलकण्ठ शर्माले संस्थामा आफैमा इतिहास हो भने । उनले समाजको विकासका लागि आध्यात्मिक र भौतिक दुवै किसिमबाट प्रेरित हुनुपर्ने बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले अस्पताल परिसरमा महासंघले पार्क शिलान्यास गरिसकेको भन्दै निर्माण सम्पन्नका लागि अस्पताल र महासंघको आपसी समन्वय हुनुपर्ने सुझाव दिए ।
सल्लाहकार ज्ञानहरि आचार्यले महासंघले रचनात्मक कार्य गर्दै जानुपर्ने बताए ।
सल्लाहकार राजेशनाथ ठगुराठीले समाजले नयाँ नयाँ कार्यक्रम जाने जानुपर्ने सुझाव दिए ।
अर्का सल्लाहकार टेकनारायण पौडेलले सामाजिक हितमा महासंघ केन्द्रित हुनुपर्ने औल्याए ।
सम्पूण्ा सर्म्पर्क समाजको प्रतिनिधित्व गर्दै पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरले महासंघको सही नेतृत्वले मात्रै संस्थालाई अगाडि बढाउन सक्ने बताए । अन्तरसमाज महासंघका अध्यक्ष दीपेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष मञ्जु पौडेल र सञ्चालन महासचिव भानु भण्डारी क्षितिजले सञ्चालन गरेका थिए ।
सो अवसरमा संस्था जन्माउन महत्वपूर्ण योगदान दिने संस्थापक अध्यक्ष एवं सल्लाहकार रुद्र खनाल र पत्रकार नारायण कार्कीलाई तामपत्रसहित सम्मान गरियो ।
यस्तै, संस्थाका विभिन्न गतिविधिमा संयोजक रहेर कार्य गरेका संयोजकलाई मायाको चिनो प्रदान गरिएको थियो ।
२०६२/०६३ को जनआन्दोलन सफल पार्न ऐक्यबद्धता जनाउने क्रममा पोखरामा रहेका विभिन्न जिल्लामा सर्म्पर्क समाज एकताबद्ध हुँदै महासंघ जन्मेको हो ।
Related News
सम्बन्धित समाचार
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
बेगनासताल धार्मिक पर्यटन विकासमा ध्रुवनाथ
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
माघ १४, २०७९