पोखरा, २० जेठ। राज्य पुनर्संरचनामा विवादरहित प्रदेश ४ को नामाकरणमा भने केही अन्यौलता सुरु भएको छ । यतिबेला प्रदेशको नामाकरणले निकै चर्चा पाएको छ । प्रदेशभित्रका जातिय संघ संगठनहरुले प्रदेशलाई आफ्नै अनुकुलको नामाकरण हुनुपर्ने दवाव दिइरहेका छन् ।
विशेषगरी गुरुङ र मगर जातिले तमुवान-मगराँत नाम हुनुपर्नेमा जोड दिएका हुन् । पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने भन्दै तमुवान मगरात संघर्ष समितिले आइतबार पोखरामा बृहत् प्रदर्शन गरेको छ । र्यालीसहितको टोलीले उपसभामुख र प्रदेशका संसदीय दलका नेताहरुलाई मागपत्र पनि थमाएका छन् ।
उता सरकारको ध्यानाकर्षणका लागि प्रदेश प्रमुखमार्फत ज्ञापनपत्र नेपाल सरकारलाई पठाएका छन् । समितिका संयोजक हुम गुरुङले पहिचान र सामर्थ्यलाई लत्याएर गण्डकी वा गण्डक प्रदेश राख्न लागेको भन्दै भर्त्सना गरेका छन् ।
‘आदीबासी जनजातिले गुम्दै गएको अधिकार प्राप्तीका लागि, स्वाभिमान र अस्थित्व रक्षाका लागि बाध्य भएर प्रदर्शन गर्नु परेको हो,’ उनले भने, ‘संविधानमा उल्लेख भएअनुसार यस प्रदेशको बहुसंख्यक जनताको मतलाई ध्यान दिएर तमुवान-मगराँत नाम राख्नुपर्छ । यदी, हाम्रो मागलाई नजरअन्दाज गरियो भने जस्तोसुकै प्रदर्शन गर्न पनि पछि हट्ने छैनौं । हामी हाम्रो अधिकार जुनसुकै हालतमा पनि लिएरै छाड्छौं ।’
प्रदेशको नामाकरणसहित आदिवासीका भाषालाई सरकारी कामकाजको भाषा बनाइनुपर्ने र आदिवासीका सांस्कृतिक पर्वमा राष्ट्रिय विदा दिने चलन पुनस्थापित हुनुपर्ने समितिको माग छ । तमु धिं नेपालकी अध्यक्ष कर्मा तमुले आदिबासीको संरक्षण गर्न सरकारसँग माग गरेकी छिन् ।
‘हाम्रो प्रदेश पहिले पनि तमुहरुको आदिम थलो हो,’ तमुले भनिन्, ‘पुनर्संरचनामा मगर समुदायको बाहुल्यता पनि थपिएको छ । हामी दुवै जातिलाई जोडेर तमुवान-मगराँत नाम राख्न आग्रह गर्छौ। माग सम्बोधन हुनेछ भन्ने अपेक्षा छ ।’
मागपत्र बुझ्दै उपसभामुख सिर्जना शर्माले मागपत्र जस्ताको तस्तै संसदमा पेश गर्ने बताईन् । ‘संसदको परिपाटी फरक छ । सदन बसेको बखतमा तपाईंहरुका माग पुर्याउँछु,’ उनले भनिन्, ‘सदनमा छलफल गरेर मात्रै नामको टुंगो लाग्नेछ । छलफलका क्रममा सबैको मागबारे बहस अवश्य हुनेछ ।’
उता विश्व हिन्दु महासंघले भने कुनैपनि हालतमा जातीय नामाकरण गर्नु नहुने भन्दै सोमबार बृहत् प्रदर्शन गर्ने तयारी गरिरहेको छ । ‘सबैलाई समेट्ने गरी नामाकरण गरिनुपर्छ,’ विश्व हिन्दु महासंघका एक जिम्मेवार अभियानकर्ताले भनेका छन्, ‘कुनै जाति विशेष नाम सम्भव छैन । केही समुदाय र इयुको अस्वाभाविक दबाबमा परी बहुसंख्यक जनताको सुझावलाई लत्याउने काम गर्नु गलत हो । संसदले जनमतको कदर गरोस् ।’
संसदमा प्रतिनिधित्व गर्ने दुर्इ तिहाई सांसदले चाहीँ प्रदेशको नाम गण्डकी हुनुपर्ने सुझाव दिएका छन् । प्रदेशको राजधानी तथा नामांकन सिफारिस समितिलाई तत्कालीन एमाले, नेपाली काँग्रेस र जनमोर्चाले प्रदेशको नाम गण्डकी राख्न सुझाव पठाएको छ ।
प्रदेशमा एमालेबाट २७, काँग्रेसबाट १५ र जनमोर्चाको ३ सदस्य छन् । ५९ सांसदमध्ये ४५ सांसदको मत गण्डकी छ भने तत्कालीन माओवादीले कुनै सुझाव पठाएको छैन । नयाँ शक्तिले चाहीँ तमुवान-गण्डकी नाम राख्न प्राथमिकताका साथ सुझाव दिएको छ । नयाँ शक्तिको दोश्रो सुझाव गण्डकी छ भने तेश्रोमा गोरखालाई उठाएको छ ।
श्रोतका अनुसार जिल्लागत रुपमा लिइएको सुझावमा पनि सबैभन्दा बढी गण्डकीलाई समर्थन जुटेको छ । छलफलका सहभागीमध्ये ३ सय ४६ ब्यक्ति तथा संस्थाले गण्डकी नाम राख्न सुझाएको छ भने २ सय ६० ले तमुवान-मगराँतलाई अघि सारेको छ । ७२ मत चाहीँ गोरखा प्रदेशका लागि परेको श्रोतले जनाएको छ ।
चैत १२ गते गठित समितिले १ महिनाभित्रै प्रतिवेदन बुझाउनुपर्नेमा केही दलको सुझाव नआएको भन्दै १० दिन थप गरिएको थियो । थपिएको १० दिनमा पनि प्रतिवेदन नबनेपछि १ महिना म्याद थप गरिएको हो । थपिएको समय सोमबार सकिँदैछ ।
विहान सुझाव संकलन समितिले बैठक बसेर प्रतिबेदन टुंग्याउने र १ बजेको संसद बैठकमा पेश गर्ने तयारी छ । हालसम्म सुझाव नपठाएको माओवादीले भने एमालेसँग एकीकरण भैसकेर नयाँ पार्टीगठन भएकोले संयुक्त सुझाव दिने जनाएको छ । सोमबार विहानै संयुक्त सुझाव बुझाउने एक नेताले बताए ।
यसैबीच, प्रदेशको राजधानी भने बहुमतले पोखरा राख्ने निर्णय भएको छ । समितिले आइतबार बैठक बसेर पोखरालाई प्रदेशको राजधानी बनाउने निर्णय सहितको प्रतिबेदन सोमबार संसदमा पेश गर्दैछ । राजधानीका लागि लिइएको जनमत मध्ये ७ सय ५ जनाले पोखरा हुनुपर्ने बताएका थिए । ३० जनाले गोरखा र १६ जनाले अन्य ठाउँलाई राजधानी रोजेका थिए ।
राजधानीमा विवाद नभएकोले पोखरा उपयुक्त पनि प्रतिवेदन बुझाउन लागिएको समितिका संयोजक विन्दुकुमार थापाले जानकारी दिए । ‘राजधानीको बारेमा खासै समस्या छैन । पोखरा निर्विवाद जस्तै भएको छ,’ उनले भने, ‘नामको बारेमा पनि सोमबारसम्म टुंगिन्छ । दिउँसोको बैठकमा समितिले प्रतिवेदन बुझाउँछ ।’ संसदमा प्रतिनिधित्व गर्ने ५ वटै पार्टीलाई समेट्ने गरी ११ सदस्यीय समिति गठन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९