चितवन, १७ जेठ ।गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारीविरुद्ध अप्रेशन जरुरी भएको बताएका छन् । नेपाल फोटो पत्रकार महासंघको जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलालाई बिहीबार सौराहामा सम्बोधन गर्दै उनले देशलाई समृद्धितर्फ लैजान भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको बताए।
उनले भने, ‘भ्रष्टाचारविरुद्ध स्टिङ अप्रेशन आवश्यक छ, देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेका छन् । त्यसका विरुद्ध पत्रकारहरु समेत लाग्नुपर्छ ।’ लागुऔषध कारोबारी, राजश्व छल्ने, भ्रष्टाचारी, दलाल, तस्कर, नोकरशाह, पूँजीपति, राष्ट्र विरोधीको नाम र फोटो प्रकाशित गर्न पत्रकारहरुलाई गृहमन्त्री थापाले आग्रह गरे ।
देशलाई समृद्धितर्फ लैजान भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गर्नुपर्ने भन्दै उनले भने ‘श्रम नै नगरी कालो धन भित्राउने र विकासविरोधी ठेकेदारको विरुद्ध पत्रकारहरु समेत सक्रिय हुनुहोस् ।’
विकासका योजनाहरु ठेक्का लिने तर समयमा नसक्ने विरुद्ध कारवाही हुने बताउँदै गृहमन्त्री थापाले पत्रकारहरुलाई आग्रह गरे ‘नेपालको विकासमा मुख्य बाधक भनेको सामन्तवाद होइन, तस्कर, सिण्डिकेटवाला, दलाल भ्रष्टाचारी नै हुन् । तिनीहरुको फोटो खलनायकको रुपमा र विकास विरोधीको रुपमा अगाडि ल्याउनु जरुरी छ ।’ पत्रकारिता देश र जनताको विकास र समृद्धिका लागि हुनुपर्नेमा जोड दिंदै उनले पत्रकारसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।
कार्यक्रममा नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार समृद्धिको बाधक हुने उल्लेख गर्दै भ्रष्टाचार रोक्न राज्यसँग पत्रकारहरुले पनि भूमिका खेल्नुपर्ने बताए । लोकतन्त्र आइसकेकाले कसैले पनि पत्रकारको अधिकार खोस्न नसक्ने दाबी गर्दै उनले भ्रष्टाचार विरुद्ध खुलेर कलम चलाउन आग्रह गरे । चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डेले विगतको दिनमा केही संभ्रान्त वर्गको हितमा पत्रकारिता प्रयोग भएको भएपनि अबको दिनमा आवाजविहिनहरुको आवाजको रुपमा पत्रकारिता उभिन सक्नुपर्ने बताए । पत्रकारिता कुनै व्यक्ति तथा सरकारको पक्षमा नभएर समृद्ध मुलुक निर्माणको लागि देश र जनताप्रति जवाफदेही हुनुपर्ने पाण्डेको भनाई छ ।
कार्यक्रममा पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेल, महासंघका उपाध्यक्ष दिलीप थापामगर लगायतले सम्बोधन गरेका थिए । नेपाल फोटो पत्रकार महासंघको आयोजना तथा जिल्ला शाखा चितवनको संयोजनमा भएको जिल्ला अध्यक्षहरुको केन्द्रीय भेलामा देशका विभिन्न ३२ शाखाबाट ५० जना सहभागी छन् ।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९