हेमजा, २९ फागुन। अन्नपूर्ण गाउँपालिकाको आगामी आव २०७५/०७६ को पूर्व योजना तर्जुमा गोष्ठी मंगलबार सम्पन्न भएको छ।
गोष्ठी उद्घाटन गर्दै प्रदेश ४ का प्रमुख सचिव लक्ष्मण अर्यालले आर्थिक समृद्घकिो प्रारम्भिक जग स्थानीय तह भएको बताए । उनले सबै स्थानीय तह आर्थिक रुपमा मजबुत भए देश स्वतः समृद्घकिो दिशातर्फ उन्मुख हुने दावी गर्दै स्थानीय तहले १० वर्षे विकासको सोच तथा ५ वर्षे विकासका योजना बनाउनुपर्ने बताए ।
उनले योजनाको बैंक निर्माण गरी विकास कार्यलाई स्थानीय तहले अगाडि बढाउनुपर्ने तर्क पनि सारे।
अर्यालले अधिकार केन्द्रीकृत गर्न संघियता नआएको स्पष्ट पार्दै नेपालले सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए। उनले योजना निर्माण गर्दा उत्पादनमुलक क्षेत्रलाई जोड दिनुपर्ने आवश्यकता औल्याउँदै त्यसमा पनि नागरिकको उद्यमशीलतालाई बढी महत्व दिनुपर्ने बताए।
एक स्थानीय तहमा एक ल्याण्डफिल साइड, शीत भण्डार, कृषि बजार संकलन केन्द्र, २०/२५ शैयाको अस्पताल निर्माण, एक वडा एक खेलमैदान, सिकाइ केन्द्र, पुस्तकालय, ज्येष्ठ नागरिक क्लब जस्ता पक्षलाई मुख्यरुपमा महत्व दिनुपर्ने जनाउँदै सचिव अर्यालले जीवन परिवर्तनका लागि मात्रै राजनीति आवश्यक भएको बताए।
गाउँपालिका अध्यक्ष युवराज कुँवरले गाउँपालिकाले बीसवर्षेका दीर्घकालीन, पाँचवर्षे मध्यकालीन तथा दुर्इवर्षे अल्पकालीन योजना निर्माण गरी समग्र गाउँपालिका क्षेत्रको विकास गर्न खोजेको जानकारी दिए। उनले गाउँपालिकामा सबै वडा जोड्ने गरी अन्नपूर्ण रिङरोडको अवधारणालाई आगामी २ वर्षभित्र पूरा गर्ने प्रतिबद्घता समेत जनाए।
अध्यक्ष कुँवरले गाउँपालिकाले दुर्गम क्षेत्रको विकासमा पनि विशेष चासो राखेको भनाइ राख्दै गाउँपालिकाबाट प्रवाह गरिने सेवामा कुनै किसिमको ढिलासुस्ती नगरिने प्रतिबतद्घता व्यक्त गरे।उनले पूर्वाधार विकासतर्फ सडक, खानेपानी, पर्यटन, भवन, जलविद्युत् र सिँचाइलाई प्राथमिकता क्रममा राखेको पनि बताए। गाउँपालिकाले आगामी आवका लागि ५१ करोड बराबरको बजेट तयारी गरेको पनि उनले जनाए।
नेपाली काँग्रेस गाउँपालिका संयोजक मनपति भण्डारीले आगामी आवका लागि गाउँपालिकाले अगाडि सारेका योजना राम्रा रहेको र कार्यान्वयनको पक्षमा जोड दिए।
माओवादी केन्द्रका धर्म गुरुङले गाउँपालिकाले लक्षित वर्गमा पनि बजेट विनियोजन गर्नुपर्ने तर्क गरे।
नयाँ शक्ति पार्टीका नेता नारायणप्रसाद भण्डारीले गाउँपालिकाले एकीकृत वस्तीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै गाउँपालिकाले तयार पारेको अवधारणा पत्रलाई केही परिमार्जन गरिनुपर्ने औल्याए।
सो अवसरमा प्रदेश ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, गाउँपालिकास्तरीय वन महासंघका अध्यक्ष दुर्गाप्रसाद पौडेल, गैरसरकारी संस्था महासंघका अध्यक्ष नारायणप्रसाद भण्डारी लगायतले आ-आफ्ना भनाइ राखेका थिए।गाउँपालिका अध्यक्ष कुँवरको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले स्वागत तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोषकान्त पौडेलले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९