युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८१
United club 3 day

पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन सोमबार पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङले युनाइटेड क्लब जस्ता पोखरामा सयौंको संख्यामा रहेका क्लबहरूले मेला महोत्सव आयोजना गर्ने गरेको भए तापनि सामाजिक क्षेत्रमा कुनै काम नगरेको बताए । उनले युनाइटेड क्लबले पोखराको अमरसिंहमा स्थापना भए तापनि पोखरा र आसपासमा कार्यक्षेत्र बनाइ प्रतिफलयोग्य काम गरेको बताए ।

युनाइटेड क्लबले आफ्नो बहुप्रतीक्षित योजनाअन्तर्गत पोखरा २७ अर्चलेमा जेहेनदार विद्यार्थी लक्षित आवासीय छात्राबास निर्माणको लागि वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरामा स्थापना भएको युनाइटेड क्लबले स्थापना कालदेखि नै पोखराको साविक लेखनाथ क्षेत्रमा ८० प्रतिशत रकम खर्च गरिसकेको बताए । लेखनाथमा चिडियाखानाबाट सुरु गरी विभिन्न विद्यालय हुँदै आफ्नै जग्गा खरिद गरी आवासीय छात्राबास निर्माणको चरणमा पुगेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त पौडेलले युनाइटेड क्लबले विद्यालयको नयाँ सेसन सुरु हुने बेला विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद सापकोटाले गरिबका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयमा शैक्षिक सामग्री प्रदान गरी युनाइटेड क्लबले ठूलो सहयोग गरेको बताए ।

युनाइटेड क्लबका प्रथम उपाध्यक्ष तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक गणेश तिमिल्सिनाले युनाइटेड क्लबले स्थापना कालदेखि नै वार्षिकोत्सवका अवसरमा साताव्यापी कार्यक्रम गर्दै आएको बताए ।

यसैबीच पोखरा २७ बस्ने महेन्द्र पौडेल र उनकी आमा देवीमाया पौडेलको नाममा स्व. बुबा माधवप्रसाद पौडेको सम्झनामा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष र युनाइटेड क्लबका सल्लाहकार रमेशबहादुर कार्की एवं बुहारी सुमीत्रा कार्कीले स्व. बुबा पूर्व प्रधानपञ्च रुद्रबहादुर कार्कीको सम्झनामा ५१ हजार १ सय ५१ रुपैयाँको अक्षयकोष घोषणा गरिएको छ ।

यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत र महासचिव दिनेश सुनारले सञ्चालन गरेका थिए ।
यस्तै, क्लबले आइतबार पोखरा १४ छिनेडाँडामा रहेको शुुक्रराज बलभद्र माविमा खेलकुद सामग्री वितरण गरेको थियो । कार्यक्रममा पोखरा १४ का अध्यक्ष बोधबहादुर कार्कीले युनाइटेड क्लबले आफ्नो वडाको विद्यालयलाई खेलकुद सामग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले युनाइटेड क्लब पोखरामा स्थापित भइकन राष्ट्रियस्तरको क्लबका रुपमा आफूलाई चिनाउन सफल रहेको बताए ।
युनाइटेड क्लबका कार्यसमिति सदस्य तथा खेलकुद सामग्री वितरण कार्यक्रम संयोजक सन्तोष कार्कीले युनाइटेड क्लबले स्थापना कालदेखि नै वार्षिकोत्सवको अवसरमा विभिन्न विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्दै आइरहेको स्मरण गरे । १४ औं वार्षिकोत्सवमा शुक्रराज बलभद्र स्कुलमा अध्ययनरत विद्यार्थीको खेलकुदको विकासमा केही थप मद्दत होस् भन्ने अभिप्रायले खेलकुद सामग्री वितरण गरिएको बताए ।

निर्माण समितिको संयोजक व्यवस्थापन समिति संयोजक तिलकराम लम्सालले युनाइटेड क्लबको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई राहत पुग्ने बताए ।
युनाइटेड क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलबार पोखरा १७ महतगौंडामा रहेको जानकी माविमा सेनेटरी प्याड डिस्पेन्सर मेसिन वितरण गरिने महासचिव सुनारले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width