पोखरामा गणित समाजको कार्यशाला

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८१
ganit

पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको छ । चैत १४ देखि अनलाइन मोडमा चलेको एसटुएस परियोजनाअन्तर्गतको कक्षा ९–१२ का गणितको पाठ्यक्रम, पाठ्यवस्तु तथा सोको अध्ययन अध्यापनमा देखिएका समस्या सहजीकरणका लागि तालिम तथा कार्यशाला गरिएको हो । २८ देखि ३० सम्म थप ३ दिन सहजकर्ता तथा सहभागीहरूको प्रत्यक्ष उपस्थितिमा तालिम भएको थियो ।

कार्यशालको फिजिकल सेसनको उद्घाटन सत्रमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गणित समाजको यस्तो महत्वपूर्ण कार्यक्रमलाई स्थानीय निकायहरूले आआफना क्षेत्रमा उच्च महत्वकासाथ सञ्चालन गरेर गणितको अध्ययन अध्यापन तथा अनुसन्धानमा थप टेवा पु¥याउनु पर्ने बताए ।

कार्यक्रममा मादी गाउँपालिका कास्कीका अध्यक्ष देवीजंग गुरुङ, अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, अन्नपूर्ण गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाईं, प्रतिभा माविका संस्थापक प्राचार्य किरण सापकोटा, हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत श्यामकृष्ण थापा, तथा रुपा गाउँपालिकाका चिरन्जीवी बराल लगायतले शुभकामना व्यक्त गरे ।

११ दिनसम्म चलेको उक्त शृंखलामा जम्माजम्मी ४६ वटा वर्कसप सेसन, ६० भन्दा बढी सहभागी, ३६ जना सहजकर्ता तथा झन्डै ६३ घन्टासम्म गोष्ठी चलेको थियो ।

समापन सत्र समाजका सभापति प्राडा नारायणप्रसाद पहारीको अध्यक्षता, समाजकै गण्डकी प्रदेश कमिटिका अध्यक्ष डा. त्रिभुवन शर्मा बरालको सहअध्यक्षता रसचिव विश्वराज अधिकारीको सञ्चालनमा भएको थियो । उक्त सत्रमा परियोजनाका कार्यक्रम संयोजक तथा केन्द्रीय सचिव डा. परमेश्वरी कट्टेलले परियोजनाको औचित्य तथा उद्देश्यका बारेमा जानकारी गराए । समाजका केन्द्रीय सहसचिव तथा कार्यशाला गोष्ठीका संयोजक डा. ईश्वरमणि अधिकारीले परियोजनाको समग्र कार्यशाला तथा सहजकर्ताहरूको भूमिकाका बारेमा प्रस्ट्याउँदै आगामी दिनमा प्रदेश, जिल्ला तथा पालिकास्तरसम्म यस्ता कार्यक्रमहरू लैजाने लक्ष्य रहेको जानकारी दिए ।

समापन सत्रमा सहजकर्ता प्राडा प्रकाशमुनि बज्राचार्य तथा सहभागीहरू दल थापा, धनु पुन, शान्तबहादुर नेपाली तथा प्रेमनारायण पोखरलले कार्यशालाका बारेमा आआफ्ना अनुभव सुनाए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width