पर्यटक दौडमा ३५ सहभागी

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०८०
Run 1

पोखरा । पोखराको फेवा किनारमा जारी १९ औं संस्करणको फेवा नव वर्ष महोत्सव अन्तर्गत दोस्रो दिन शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगिताको उपाधि डेविड नर्धोफले जितेका छन् ।

यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्स ल्यापलेस द्वितीय भए । रिच अस्टिनले तृतीय स्थान हासिल गरे । महिलातर्फको छुट्टै मूल्यांकनमा नेदरल्यान्डकी सिज्ने भिनस्तिया प्रथम, न्युजिल्यान्डकी ह्यारियट म्याकेन्जी द्वितीय र बेल्जियमकी एलिन रिस्की तृतीय भए ।

लेकसाइड स्थित पिस प्लाजा होटल अगाडिबाट सुरु भएको दौड ड्यामसाइड पुगी समापन भएको थियो । ३ किलोमिटर लामो दौडमा ३५ पर्यटक सहभागी भएको प्रतियोगिताका संयोजक हेमराज पहारीले जानकारी दिए । स्पेन, अमेरिका, नेदरल्याण्ड, म्यान्मार, इजरायल, बेलायत, अस्ट्रेलिया, फ्रान्स लगायतका देशका पर्यटकले प्रतियोगितामा भाग लिएका थिए ।

प्रथम हुनेले पोखरा अल्ट्रालाइटका तर्फबाट अल्ट्रालाइट फ्लाइट, होटल ग्लेसियरमा खाना र बास, सिइङ ह्यान्ड्स ब्लाइन्ड मसाज क्लिनिकका तर्फबाट निःशुल्क मसाज, मायाको चिनो र प्रमाणपत्र पुरस्कार पाए । यसैगरी द्वितीय हुनेले अन्नपूर्ण प्याराग्लाइडिङका तर्फबाट आधि घन्टाको उडान, ब्यञ्जन बार एण्ड ग्रिलको तर्फबाट रातको खाना, मायाको चिनो र प्रमाणपत्र पुरस्कारस्वरुप प्राप्त गरे । तृतीय पुरस्कारस्वरुप निशुल्क टिसर्ट र निशुल्क मसाज सेवा प्रदान गरियो ।

रन फर फन नाम दिइएको प्रतियोगिताका विजेतालाई पोखरा महानगरपालिका वडा १७ कि अध्यक्ष राधिकाकुमारी शाही, महोत्सव आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए । गोर्खा ब्रुअरी मुख्य प्रायोजक रहेको फेवा महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका हुन् । आयोजक संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width