सासद भट्टराईद्वारा विकास आयोजना अनुगमन

आदर्श समाज सम्वाददाता
असार २५, २०७७
bidhya2

पोखरा, २५ असार । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ का विकास निर्माण आयोजनाको स्थलगत अनुगमन गरिएको छ ।

आर्थिक वर्ष २०७६ /७७ मा पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट सो क्षेत्रमा सन्चालित बिभिन्न आयोजनाहरुको प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले अनुगमन गरेकी हुन् । अनुगमन कार्यक्रममा कास्की क्षेत्र न २ अन्तर्गतका स्थानीय तहका जन प्रतिनिधीहरु प्राविधिक तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत कास्की क्षेत्र न २ मा सञ्चालित सडक तथा ढल, सिंचाई, खानेपानी, भवन, लगायतका योजना छन् । अनुगमका क्रममा सांसद भट्टराईले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत विकासका पूर्वाधार सृजना गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै जनताका आधारभूत आवश्यकता पूरा गर्न र समृद्धिको लागि पूर्वाधार नै पहिलो आवश्यकता भएको प्रतिक्रिया दिए ।

भट्टराईले बिकास निर्माणमा गुणस्तरीयता अपरिहार्य भएको बताउँदै उनले तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण कम्पनी र स्थानीय उपभोक्ता थप सचेत हुनुपर्नेमा जोड दिए । योजनाको सफलताको लागि उपभोक्ता समितिहरुका काम सर्हानीय भएको र केही योजनाहरु कोरोना महामारीका कारण प्रभावित भएको तर्फ आफ्नो ध्यानाकर्षण भएको बताए । सृजना भएका अप्ठ्याराहरुलाइ स्थानिय सरकारसङ्गको सहकार्यमा समाधानको पहल गरिने बताए ।

अनुगमनका क्रममा केही स्थानीय उपभोक्ता समितिका पदाधिकारीले समयमै बजेट प्राप्त नहुँदा काममा ढिलासुस्ति भएको बताउँदै पछिल्लो समय कोरोनाका कारण मजदूर नपाउदा समयमा काम सम्पन्न गर्न समस्या भएको जानकारी गराएका थिए । कास्की क्षेत्र न २ मा आर्थिक वर्ष २०७६/७७ मा निर्वाचन क्षेत्र पुर्बाधार विकास कार्यक्रम अन्तर्गत सडक तथा ढल, सिंचाई, खानेपानी, भवन, लगायतका कुल ६ करोड रुपैयाँका विभिन्न ३६ वटा योजनाहरु संचालित छन ।

Related News

सम्बन्धित समाचार

hero news full width