देउवा संसदीय दलको नेतामा निर्वाचित

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४

काठमाडौ, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीसभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान भएको निर्बाचनबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई हराउँदै सभापति देउवा दलको नेतामा निर्वाचित भएका हुन्। ६३ मतमध्ये सभापति देउवाले ४४ र सिंहले १९ मत प्राप्त गरे। प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन्। संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार चयन भएका छन्। पार्टीसभापति एवम् संसदीय दलका नेता देउवाले गच्छदारलाई उपनेता चयन गरेको कांग्रेस नेता बालकृष्ण खाँडले बताए ।

दलको नेताका लागि भएको चुनावमा गच्छदार देउवाका प्रस्तावक रहेका थिए। काँग्रेसमा नेतृत्व परिर्वतनको माग भइरहेका बेला पार्टीसभापति शेरबहादुर देउवा भारी मतकासाथ संसदीय दलको नेता चयन भएका छन्। यसले देउवालाई थप बलियो बनाएको छ भने नेतृत्व परिर्वतन पक्षधरलाई धक्का लागेको छ।

दलको चुनावमा देउवालाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनौती दिएका थिए। दलको नेता देउवा हुने प्रष्ट थियो तर, सिंहले कति मत पाउँछन् भन्ने विषयलाई अर्थपूर्ण मानिएको थियो। प्रतिनिधिसभाका ६३ सांसदमध्ये ४४ जनाले देउवालाई भोट दिए भने सिंहले १९ मत मात्र पाए। दलको चुनावमा देउवा रामचन्द्र पौडेल समूहका सांसदहरुलाई समेत आफ्नो पक्षमा पार्न सफल देखिएको नेताहरुले बताएका छन्।

यसले देउवालाई थप बलियो बनाएको छ। देउवा निकट सांसद मीन विश्वकर्माका अनुसार नेतृत्व परिर्वतनको कुरा बाहिर जति भएपनि उनीहरुको संगठनमा पकड छैन र पार्टीका अहिले पनि देउवाको नेतृत्व आवश्यक छ भन्ने सन्देश दिएको छ।

देउवाविरुद्ध सिंहलाई उम्मेदवार बनाउँदै गर्दा पौडेल समूहले १९ देखि २७ भोटको हिसाब निकालेका थिए। पौडेल समूहका १९, कृष्ण सिटौला समूहका तीन र खुमबहादुर खड्का समूहका ५ सांसद सांसद छन्। देउवा समूहमा पनि केही असन्तुष्ट थिए। तर, सिंहले १९ भोट मात्र पाए। सिटौला समूहका तीन सांसदमध्ये गगन थापा खुलेर प्रकाशमान सिंहको पक्षमा लागेका थिए। भीमसेनदास प्रधानले प्रकाशमान सिंहलाई भोट दिएनन् भने उमाकान्त चौधरीलाई अन्तिमसम्म सिंहको पक्षमा तान्ने प्रयास भएको थियो। पौडेल समूहका एक नेताका अनुसार हार पक्का भएपनि सिंहले पाएको मत कम हो। पौडेल समूहमा रहेका केही नेताले देउवालाई भोट दिएको बुझिएको छ। पछिल्लो समय मिनेन्द्र रिजाल देउवासंग नजिक भएका छन्। उनलाई प्रमुख सचेतक बनाउने देउवाको तयारी छ। एक समय देउवा निकट रहेका उनी सुशील कोइराला हुँदा यता आए। १३ औं महाधिवेशनमा पनि उनी पौडेल समूहमै थिए। यस्तै पौडेल समूहका नारायण खड्का, प्रमोद यादव लगायतले पनि देउवालाई भोट दिएको अनुमान छ।  दलको नेतामा पार्टीसभापति देउवा नै चयन भएपछि केन्द्रीय सदस्य चन्द्र भण्डारीले कडा टिप्पणी गरेका छन्। ‘विभेदपूर्वक समानुपातिकको भीड जम्मा गरेर आफूलाई भोट हाल्न लगाउनु ठूलो कुरा होइन। ठूलो कुरा उहाँको नेतृत्वमा पार्टीकुन स्थानमा छ भन्ने हो’ नेतृत्व परिर्वतनको अभियान चलाउने ६ भाईमध्येका एक भण्डारीले भनेका छन्, ‘महत्वपूर्ण सवाल दासहरुको भेलाले युद्ध जित्न सकिँदैन।’

युवा अभियानका अर्का सदस्य गगन थापाले पनि नेतृत्व परिर्वतनको अठोटबाट पछि नहट्ने बताएका छन्। ‘हामीले सुरुमा नेतृत्व परिर्वतन गर्न अनुरोध गर्‍यो, भोटबाट पनि सकेनौं’ सांसद थापाले भने, ‘यसले हामीलाई पक्कै धक्का छ तर, नेतृत्व परिर्वतनको अठोटबाट थाक्छौं भन्ने होइन, लागिरहन्छौं।’

Related News

सम्बन्धित समाचार

  • कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंङ महरले वर्तमान सरकारले गठबन्धनको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताएका छन् ।…
  • कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिङ महरले वर्तमान सरकारले गठबन्धनको मर्म र भावना अनुसार काम गर्न नसकेको बताएका छन्…
  • फेदीखोलामा ‘नवीन राप्रपा’

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘नवीन राप्रपा’ अभियान स्याङ्जाको फेदीखोला गाउँपालिकामा सुरुआत गरिएको छ । सोही अनुसार शनिबार फेदीखोलामा राप्रपाको विस्तारित…
  • ‘दोष संविधानको हैन, सरकारको’

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । लामो रस्साकस्सीपछि संविधानसभाबाट संविधान बन्यो । संविधान कार्यान्वयन भएको पनि ८ वर्ष पूरा भयो । नागरिकका हक सुरक्षित…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…

hero news full width