पोखरा, १७ फागुन । यस वर्षको ‘ललित गौचन स्मृति समाजसेवा सम्मान’ फोटोग्राफर एवं कलाकार विश्वरत्न शाक्यलाई प्रदान गरिने भएको छ ।
इ. किसानसिं गुरुङको संयोजकत्वमा गठित ५ सदस्यीय प्रतिभा छनोट समितिले उक्त सम्मानका लागि शाक्यलाई सिफारिस गरेकोमा नागरिक समाज पोखराका कार्यबाहक संयोजक विष्णुहरि अधिकारीको अध्यक्षतामा बसेको बैठकले अनुमोदन गरेको हो ।
छनोट समिति सदस्यमा इन्द्रकमल मानन्धर, धीरज थापा, पदेन सदस्यमा कार्यबाहक संयोजक विष्णुहरि अधिकारी र प्रवक्ता ठाकुरप्रसाद बराल थिए ।
नागरिक समाज पोखराले आफ्नो सातबुँदे आचारसंहितामध्ये समय आन्दोलनलाई समेत आदर्श मान्दै आएको छ। सम्मानित हुन लागेका सिद्धि सेतुली स्मृति प्रतिष्ठानका संरक्षक शाक्य पोखरामा समय आन्दोलनका प्रमुख अभियन्ता समेत हुन् ।
उक्त सम्मान व्यवस्थापनका लागि गौचन परिवारबाट ५५ हजार पाँच सय रुपैयाँको अक्षेय कोषको स्थापना गरिएको छ।
गौतनको पुण्य स्मृति दिवसमा फागुन २३ गते विशेष कार्यक्रम गरी उक्त सम्मान अर्पण गरिने समाजका अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिए । यसअघि समाजसेवी प्रभा पन्त, गिरिराज अधिकारी, झपेन्द्रराज रेग्मीलाई सम्मान गरिएको छ ।
यसैबीच, समाजको बैठकले सिरियामा जारी सशस्त्र द्वन्द्वमा सरकार र व्रि्रोहीबाट भएका जघन्य अपराधले मानवता घायल भएको छ भन्दै मानवताविरुद्धको अपराधको निन्दा गरेको छ । समाजको आगामी चैत १५ गते साधारण सभाको मिति समेत तय गरिएको छ ।
Related News
सम्बन्धित समाचार
लोकराजको ‘छाइल’ माथि विमर्श
राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम
‘काव्यरसमा पोखरा’ लोकार्पण
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९