चितवन, १५ फागुन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले गाईबाट बाच्छी (स्त्रीलिङ्गी) मात्रै जन्माउने प्रविधिको प्रयोग गरेको छ। अमेरिकाबाट आयात गरिएको सेक्सिड सिमेन प्रविधिबाट तयार गरिएको वीर्य प्रयोग गरी बाच्छीमात्रै जन्माउने विधिको प्रयोग गरिएको हो।
साँढेको वीर्यबाट एक्स र वाई क्रोमोजम छुट्याएर वाई मात्रै रहेको वीर्य अमेरिकाबाट आयात गरी गाईलाई कृतिम गर्भाधान गराएपछि बाच्छीमात्रै जन्मिने गरेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा माधव आचार्य बताए। वीर्यमा हुने एक्स क्रोमोजमले पुरुष र वाई क्रोमोजमले स्त्री लिङ्गी जन्माउने गर्दछ। सामान्य अवस्थामा एक्स र वाई मिसिएर पुरुष र स्त्री लिङ्गी बराबर जन्मिन्छन्।
नेपालमा गाईबाट जन्मिने बाच्छा (साँढे) को व्यवस्थापन गर्न समस्या भएको र अनुत्पादक हुने बाच्छा पाल्न खर्चिलो हुने भएपछि यो प्रविधिको परीक्षण गरिएको आचार्यले बताए। उनका अनुसार यसरी बाच्छी मात्रै जन्माउन सके किसानलाई अनावश्यक बाच्छा पाल्ने खर्च कटौती हुने र गाईको दूध उत्पादनमा पनि वृद्धि हुने छ।
नेपालमा विकसित जातका साँढे जोत्न पनि नमिल्ने र मासु तथा अन्य प्रयोगमा पनि नआउने हुँदा समस्या हुने गरेको छ। किसानहरुले बाच्छा हुर्काएर सडकमा यसै छाड्ने हुँदा शहरी क्षेत्रमा ट्राफिक समस्या समेत उत्पन्न हुने गरेको छ।
राष्ट्रिय पशु प्रजनन् केन्द्र पोखरा, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर र केही ठूला व्यावसायिक र्फमहरुमा यो प्रविधिको प्रयोग गरिएको आचार्यले जानकारी दिए।
विगत १८ महिनादेखि यो प्रविधि होलस्टेन जातका गाईमा परीक्षणका रुपमा प्रयोग गरिँदैआएको बताउँदै उनले हालससम्म ५० वटा गाईमा वीर्य प्रयोग गरिएको र सात वटाले बाच्छी जन्माईसकेको जानकारी दिए। अन्य ब्याउने तयारीमा रहेका छन्। उनका अनुसार यो वीर्यबाट सत्प्रतिशत बाच्छी मात्रै जन्मने गर्दछन्। तर कृत्रिम गर्भाधान गराउँदा गाईले गर्भधारण गर्ने मात्रा भने २५ प्रतिशत मात्रै हुने गर्दछ। एकै पटकमा गर्भधारण नहुँने हुँदा पटक पटक कृत्रिम गर्भाधान गराउँदा प्रविधि महँगो हुने उनको भनाइ छ।
नश्ल सुधार भएर अमेरिकाको शुद्ध होलस्टेन साँढेको वीर्य प्रयोग हुने हुँदा जन्मने बाच्छीको तौल निकै बढी हुने गर्दछ भने गाईले दूध पनि धेरै दिने गरेका छन्। संयोजक आचार्यका अनुसार यो वीर्य प्रयोग गरी ब्याएका गाईले एक दिनमा २६ लिटरसम्म दूध दिएका छन् भने अन्य वीर्य प्रयोग गरी ब्याएका गाईले १५ लिटर हाराहारी दूध दिएका छन्। यो वीर्यबाट जन्मिएका बाच्छीको तौल जन्मँदैमा ४४ किलो हाराहारी हुने र अन्य वीर्य दिँदा १७ किलो हाराहारी तौलको जन्मिने गरेको आचार्यले बताए।
एक डोज वर्इयलाई ८ सय रुपैयाँ हाराहारी खर्च पर्न आउँदछ। एकैपटकमा गर्भधारण गर्ने सम्भावना कम भएकाले दुर्इ/तीन पटकसम्म लगाउनु पर्दा महँगो पर्ने गरेको आचार्यले बताए।
वीर्य महँगो पर्ने भएपछि सरकारले पर्यटकीय नगरी पोखरामा आफै वीर्य उत्पादन गर्ने तयारी गरिरहेको आचार्यले जानकारी दिए। क्रोमोजम छुट्याउने मेसिन उपकरण पनि निकै खर्चिलो हुने हुँदा विभागले पोखरामा मात्रै उपकरण जडान गरी वीर्य उत्पादन गर्ने तयारी गरिरहेको उनले बताए।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९