काठमाडौं, १५ फागुन । संविधान संशोधनको बारेमा अनुदार रहँदैआएको नेकपा एमाले आफ्नै नेतृत्वमा संविधान संशोधन गर्न तयार भएको छ । तर संविधानका कुन-कुन धारामा कस्तो संशोधन गर्ने भन्नेबारे भने औचित्यका आधारमा छलफल हुने एमालेले जनाएको छ ।
दुर्इ तिहाई बहुमत सहितको सरकारको नेतृत्व गर्न अग्रसर भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर गर्ने भएका छन् । त्यसका लागि एमाले र संघीय समाजवादी फोरमका नेताबीच मंगलवार विभिन्न चरणमा वार्ता भएका छन् । फोरमसँग वार्तामा रहेका एमाले नेता सुवास नेम्वाङका अनुसार बुधबारसम्म सहमतिका बुँदामा हस्ताक्षर हुनेछ । नेम्वाङले भने ‘हामी सकारात्मक ढंगले छलफलमा बसेका छौं । बुधवारसम्म सहमति हुन्छ । त्यसपछि कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्ने टुंगो लाग्छ ।’
स्रोतका अनुसार दुवै पक्षले आ-आफ्नो पक्षबाट सहमतिको मस्यौदा गरिरहेका छन् । कुन कुन बुँदामा संविधान संशोधन गर्ने भनेर दुवै पक्षले खुलाएका छैनन् । फोरमलाई फेस सेभका लागि केही औपचारिक बुँदामा सहमति हुने सम्भावना छ । बुधबार शीर्षतहबाट सहमति जुटाएपछि सहमतिमा हस्ताक्षर हुने र फोरम सरकारमा सहभागी हुनेछ ।
केन्द्र सरकारमा संघीय समाजवादी फोरम सहभागी भएसँगै प्रदेश २ को सरकारमा पनि वाम गठबन्धन सहभागी हुने सम्भावना छ । प्रदेश २ मा फोरम नेतृत्वको सरकारलाई वाम गठबन्धनले विश्वासको मत दिइसकेको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएर सहमतिमा हस्ताक्षर गर्ने निर्ण्र्ाा गरेको थियो । तर मंगलबार भएको वार्तामा सहभागी भएका फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वार्ता सहमतिबाट अझै टाढा रहेको बताए । सहअध्यक्ष श्रेष्ठका अनुसार पहिले छलफल र सहमतिका विषय पनि टुंगिन सकेन । नेकपा एमाले र संघीय समाजवादी फोरमबीच सहमतिको प्रारम्भिक खाका पनि तयार भएको छैन । मंगलबारको वार्तामा सामान्य मौखिक छलफल मात्र भएको हो’ सहअध्यक्ष श्रेष्ठले भने, ‘छलफल भइरहेको छ । फलफलको टुंगो लाग्ला भन्ने हामीले आशा गरेका छौं ।तर, कुरा कुनै खाकासम्म पुगेको छैन’
फोरमलाई सरकारमा ल्याउने प्रयास स्वरुप एमालेले संविधान संशोधनमा अग्रसरता देखाइरहेको छ । फोरम सरकारमा सहभागी भएसँगै वर्तमान सत्ता गठबन्धन दुर्इ तिहाइको बन्नेछ । तर, संशोधनका विभिन्न बुँदामा सत्तारुढ दल अडिग रहेको फोरम सहअध्यक्ष श्रेष्ठ बताउछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन फोरमलाई प्रस्ताव गरेको छ भने फोरमले परराष्ट्रसहित दुर्इ मन्त्रालय र एक राज्यमन्त्रीको माग गरेको छ। फोरमलाई सरकारमा ल्याउने कसरतकै कारण सोमबार मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन ।
Related News
सम्बन्धित समाचार
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
गण्डकी सरकारबाट माओवादी बाहिरियो
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९