मुम्बइ, १५ फागुन : दुबइमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगत्की चर्चित अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न भएको छ।
दुबइको अस्पतालले पोस्टमार्टम रिपोर्टमा मृत्यु स्वभाविक रुपमा भएको होइन भनेर दिएको भन्दै भारतीय सञ्चार माध्यमले उनको हत्या भएको हुनसक्ने आशङ्कासहितका समाचार प्रकाशन प्रशारण गरेका छन्।
उनको मृत्युको कारण हृदयघात, बाथ टबमा डुबेर, रक्सी पिएर अथवा कुनै षडयन्त्रका कारण भन्ने विभिन्न समाचार बाहिर आएका छन्।
यसैबीच श्रीदेवीको पार्थिक शरीरलाई मङ्गलबार पनि स्वदेश ल्याइएको छैन। कतिपय समाचारमा उनले अत्यधिक रक्सी सेवन गर्ने गरेको बताइएपनि भारतीय सिनेमा जगतका व्यक्तित्वले श्रीदेवीले कडा मात्रामा रक्सी सेवन नगर्ने गरेको बताएका छन्।
साथै श्रीदेवीका श्रीमान् बोनी कपूरलाई दुर्बई प्रहरीले सोधपुछ गर्ने भारतीय सञ्चारमाध्यमले जानकारी दिइरहेका छन्। यद्यपि सोमबार दुर्बई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’मा डुबेर भएको जानकारी गराएको छ।
सोमबार नै मुर्म्बईबाट दु्बइ ल्याइने भनिएको श्रीदेवीको शव यस्तै अन्यौलको स्तिथिका कारण मङ्गलबार पनि ल्याउन सकिएको छैन।
उहाँको पार्थिक शरीरलाई मुर्म्बई ल्याइ श्रद्धाञ्जलि दिन सिने जगतलगायतका उनका हजारौँ समर्थक मुर्म्बईमा पर्खाइमा रहेका छन्।
चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो। संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुनगएका बेला शनिबार राति हृदयघातका कारण उनको मृत्यु भएको जनाइएको थियो।
Related News
सम्बन्धित समाचार
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
प्रतिबिम्बन कथासंग्रह लोकार्पण
शुक्ला साहित्यद्वारा ३ स्रष्टालाई पुरस्कार
कवि रीता अधिकारी ’ऋतु’ को सेल्फ पोट्रेट लोकार्पण
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९