पोखरा, १४ फागुन । लालबहादुर चण्डेश्वरी ढेवाजु स्मृति संगीत पुरस्कार-२०७४ बाट संगीतकार रञ्जित गजमेर पुरस्कृत हुने भएका छन् ।
नेपाली वाद्य मादललाई अन्तर्राष्ट्रिय जगत्मा पुर्याउन गरेको योगदान तथा नेपाली चलचित्र संगीत क्षेत्रमा उल्लेख्य योगदान पुर्याएकोमा उनलाई उक्त पुरस्कारबाट सम्मानित गरिने संगीत प्रशिक्षण केन्द्र, पोखराले जनाएको छ । पुरस्कार राशि ५१ हजार रुपैयाँ सहित सम्मानपत्र रहेको छ ।
केन्द्रका सल्लाहकार तीथ श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनोट उपसमितिले गजमेरको नाम चयन गरेको केन्द्रका अध्यक्ष गौतम बिजुक्छेले जानकारी दिए ।
उक्त पुरस्कार फागुन १९ गते विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको सभाहलमा एक समारोहबीच पोखरा लेखनाथ महानगर प्रमुख मानबहादुर जिसीले गजमेरलाई अपण गर्ने कार्यक्रम छ ।संगीत प्रशिक्षण केन्द्रका संस्थापक अध्यक्ष लालबहादुर ढेवाजुको निधनपछि उनको स्मृतिमा धर्मपत्नी चण्डेश्वरी ढेवाजुद्वारा १ लाख रुपैयाँ अक्षयकोष स्थापना गरी केन्द्रले लालबहादुर ढेवाजु स्मृति संगीत पुरस्कार सञ्चालन गर्दैआएको थियो ।
पछि चण्डेश्वरीको समेत देहावसानपछि उनका सुपुत्री सरस्वती श्रेष्ठ र विजय मल्लले अक्षयकोषको रकम ५ लाख रुपैयाँ पुर्याई राष्ट्रियस्तरमा पुरस्कार स्तरोन्नति गरियो । हाल अक्षयकोषमा ७ लाख रुपैयाँ रहेकोमा उक्त पुरस्कार केन्द्रले प्रत्येक २ वर्षमा प्रदान गर्दैआएको छ ।
२०४६ सालमा तत्कालीन पोखरा नगर पञ्चायतको संरक्षकत्वमा स्थापित संगीत प्रशिक्षण केन्द्रले निरन्तररुपमा वाद्यवादन र गायनको प्रशिक्षण गराउँदैआएको छ । साथै केन्द्रले विविध सांगीतिक कार्यक्रम एवं पुरस्कार सञ्चालन गर्दैआएको अध्यक्ष बिजुक्छेले जनाए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम
‘काव्यरसमा पोखरा’ लोकार्पण
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९