पोखरा, १३ फागुन। पोखराको पृथ्वीचोकस्थित पोखरा सस्तो बजार आइतबारदेखि सञ्चालनमा आएको छ।
र्सूय दिल ग्रुप इन्भेष्मेन्ट कम्पनीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा कम्पनी सञ्चालक युवराज खतिवडाले नयाँ स्वरुपमा बजार सञ्चालनमा आएको जानकारी दिए।
‘सुरक्षाको पूर्ण ग्यारेन्टीका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ सञ्चालक खतिवडाले भने, ‘बजार पूर्ण रुपमा सञ्चालनका लागि योग्य भइसकेको संरचना पूरा गरिसकेका छौं।’
‘बजारमा हाल ४ सय वटा स्टल सञ्चालनमा छन्,’ उनले भने ‘बजारको सबै स्टल बुकिङ अन्तिम चरणमा छ।’ सामान्य व्यवसायीदेखि विशिष्ट र अति विशिष्ट व्यवसायीको बजारमा संलग्नता रहेको खतिवडाले उल्लेख गरे।
होलसेल तथा खुद्रा पसल, डिपार्टमेन्टल स्टोर्स, खाद्यान्न, लत्ताकपडा, रेष्टुरेन्ट, इम्पोरियम, ब्युटीपार्लर, शैलुन, भाँडाकुँडा, क्याफे, थकाली किचन, स्पोर्ट्स सेन्टर, फलफूल, तरकारी, मोवाइल, तथा इलेक्ट्रोनिक्स पसल साथमा नुनदेखि सुनसम्मका पसल सस्तो बजारमा हुने बताइएको छ।
वैज्ञानिक हिसाबले बजारको स्टल निर्माण गरिएको कम्पनीको दावी छ। कम्पनीका अनुसार सबै स्टलमा बराबर ग्राहकको पहुँच पुर्याउने उद्देश्यले बाटोको सहजता खुला वातावरण बनाइएको छ।
स्टल सञ्चालकका अनुसार वैज्ञानिक भाडादर र डिपोजिट कायम गरिएको खतिवडाले जनाए। सञ्चालक खतिवडाका अनुसार बजारमा निःशुल्क वाइफाइ जोन, प्रशस्त पार्किङ सुविधा, बिमा सुविधा प्रदान गरिने भएको छ।
भुइँतलाका स्टलमध्ये ७५ बुकिङ भइसकेको र २५ प्रतिशत बुकिङ हुन बाँकी छन् भने पहिलो तलामा २५ प्रतिशत बुकिङ भइसकेको र ७५ प्रतिशत बुकिङ बाँकी रहेको खतिवडाले बताए ।
उक्त बजारको भवन ३ तलाको हुनेछ । युवा व्यवसायी लक्षित गरेर निर्माण गरिएको बजारले समयमै भाँडा तिर्ने व्यवसायीलाई उपहारको समेत व्यवस्था गरेको खतिवडाले उल्लेख गरे। असल व्यवसायीले वाषिर्क एउटा स्कुटर उपहार पाउने कम्पनीले जनाएको छ।
प्रमुख अतिथि पत्रकार महासंघ कास्की सहसचिव दीननाथ बरालले आम उपभोक्ताको हितलाई ध्यानमा राखेर बजार सञ्चालन गर्न सञ्चालकसमक्ष आग्रह गरे। बजारबाट खरिद गरेको सामग्रीमा ठगिएको महसुस उपभोक्ताले नगर्ने गरी सेवा दिन बरालको आग्रह थियो।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९