पोखरा, १३ फागुन । नेपाल कारखाना मजदूर संघ कास्कीको छैटौं जिल्ला अधिवेशनले आगामी ४ वर्षका लागि किरण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समिति उपाध्यक्षमा मुक्तिराम पाण्डे, शिवहरि आचार्य, महिला उपाध्यक्षमा अनिता कुँवर, सचिवमा राजन अधिकारी, सहसचिवमा सुमन अधिकारी, कोषाध्यक्षमा शीर्षक अधिकारी छन् । सदस्यमा अप्सरा बास्तोला, र्सूय रानाभाट, जमुना कोइराला छन् ।
यसअघि, अधिवेशन उद्घाटन समारोहमा बोल्ने वक्ताले मजदूरका हकहित कायम गराउन राज्य उदार बन्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश ४ का अध्यक्ष मुरारी शर्माले वर्तमान अवस्थासम्म पनि अधिकांश स्थानमा मजदूर वर्गले आफ्नो उचित पारिश्रमिक प्राप्त गर्न नसकेको बताउँदै त्यसका लागि राज्यस्तरबाटै स्पष्ट नीति तय हुनुपर्ने बताए ।
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष कुलदेवी बरालले सामाजिक रुपमा मजदूर वर्ग उपेक्षित बन्ने गरेको बताउँदै प्रत्येक मजदूरले आफ्नो काममा गर्व गर्दै आत्मसम्मानपूर्ण जीवनयापनको वातावरण तयार गर्नुपर्नेमा जोड दिईन् ।
नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलले जहाँ जसले जे काम गरे पनि पार्टीको विकास विस्तारमा योगदान पुग्ने गरी काम गर्नुपर्ने आवश्यकता औल्याए ।
त्यस अवसरमा नेपाल कारखाना श्रमिक संघ कास्कीका संस्थापक अध्यक्ष एवम् दुग्ध विकास संस्थान कर्मचारी संघका पूर्व केन्द्रीय अध्यक्ष हरिराम पौडेलले मजदूर सम्बद्ध संगठन समाजिक विकासका क्षेत्रमा पनि क्रियाशील बन्नुपर्नेमा जोड दिए। ।
नेपाल कारखाना श्रमिक संघ कास्कीका अध्यक्ष टेकनाथ पन्थीले कारखानामा काम गर्ने श्रमिकका हक तथा अधिकारका लागि संघ निरन्तर क्रियाशील बन्दै आएको उल्लेख गरे ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सचिव केशवराज भट्टराई, मजदूर नेता किरण अधिकारी, राजन अधिकारी, गीता चापागाईँ, सुरेन्द्र श्रेष्ठ लगायतले मजदूर वर्गको हकहितका लागि राज्य उदार बन्दै त्यही किसिमको कानुन तथा नीति नियम तयार गर्नुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
मूल्यवृद्धिविरुद्ध राप्रपाले बुझायाे ज्ञापनपत्र
लेखनाथ उद्योग वाणिज्य संघको रजत स्तम्भ शिलान्यास
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९