शिवभजन प्रतियोगितामा सगरमाथा प्रथम

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७४
bhajan photo shreebhadra

हेमजा, २ फागुन ।कास्कीको अन्नपूर्ण गाउँपालिका-३, पाउँदुर धारापानी शिवालय व्यवस्थापन समितिको आयोजनामा सम्पन्न शिवभजन प्रतियोगितामा सगरमाथा आमासमूह प्रथम भएको छ।

उक्त प्रतियोगितामा समाजसेवा युवा परिवार दोस्रो, नवज्योति महिलासमूह तेस्रो तथा वातावरणीय आमासमूहको टोली सान्त्वना हुन सफल भएका छन्। प्रथम, द्वितिय, तृतीय र सान्त्वना भएसंगै ति समूहहरुले क्रमश रु. ८ हजार, ६ हजार, ४ हजार र १ हजार साथमा प्रमाणपत्र पुरस्कार हात पारेका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले धर्म, संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको औंल्याउदै धर्मले नै मानिसलाई सदाचारमा हिड्न सिकाउने बताए। अध्यक्ष कुँवरले धार्मिक संस्थामा कसैलेपनि राजनीति गर्न नहुनेमा जोड दिए। उनले मन्दिरको समग्र बृत्ति विकासमा गाउँपालिकाको सहयोग रहने प्रष्ट पारे ।

गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले पाउँदुर धारापानी शिवालयको पुरानो इतिहास रहेको चर्चा गर्दै इतिहासको संरक्षण गरी धार्मिक सहिष्णुता कायम राख्न सबैको पहल हुनुपर्नेमा जोड दिइन्। उक्त कार्यक्रममा वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, वडासदस्य कमला केसी, वडास्तरिय युवा सञ्जालका सचिव श्रीभद्र पौडेल, वडास्तरीय वन सञ्जालका अध्यक्ष चुडामणि पौडेल, स्थानीय भकरजुङ सामुदायिक वनका अध्यक्ष दुर्गाप्रसाद पौडेल, मन्दिर व्यवस्थापन समितिका सचिव फणिन्द्रप्रसाद पौडेल, स्थानीय विष्णुप्रसाद पौडेल लगायतले पनि बोलेका थिए।

प्रतियोगितामा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक सुरज पौडेल र माछापुच्छे्र शिक्षा क्याम्पसका प्राध्यापक नारायणप्रसाद भण्डारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रमका वक्ताहरुले सनातन हिन्दु धर्मलाई आजका हिन्दु धर्मावलम्बीहरुले नै भुल्दै भएको र नेपालमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएकोमा चिन्ता प्रकट गरेका थिए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष डिल्लीराम पौडेलले स्वागत तथा स्थानीय समाजसेवा युवा परिवारका महासचिव नारायणप्रसाद पौडेलले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बंगलादेशमा घन्कियो रेशम फिरिरी …

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा ।  बंगलादेश–नेपालको कुटनीतिक सम्बन्ध स्थापनाको सन्दर्भमा नेपाली कला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । फागुन ३० देखि चैत…
  • ‍‍‍‍‍‌‌‌… अनि दुर्गा बराल बने वात्स्यायन‍‍‍

    रूपनारायण ढकाल चैत्र ४, २०७९
    पोखरा ।  नेपाली चित्रकलाजगत्का शीर्षस्थ प्रतिभा कलाकार दुर्गा बराल ‘वात्स्यायन’ आजदेखि ८१ वर्षमा प्रवेश गरेका छन् । चित्रकलाका यीनै हस्ती…
  • वात्स्यायनको अभिनन्दन तथा रथारोहण

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०७९
    पोखरा । कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ ।  पोखरेली कलाकार वात्स्यायनको सम्मानमा …
  • देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण

    आदर्श समाज सम्वाददाता फागुन २७, २०७९
    पोखरा । साहित्यकार देवेन्द्र केसी ‘देवु’ को अव्यक्त पीडा (मुक्तक संग्रह) र दोषी नजर (गीति एल्बम) शुक्रबार लोकार्पण भयो ।…
  • रत्नमानको ३ भाषाको पुस्तक

    आदर्श समाज सम्वाददाता फागुन २१, २०७९
    पोखरा । शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । उनको पहिलो कृति ‘भाषा, व्याकरण…

hero news full width