लमजुङ, २८ माघ। लमजुङमा २० हजार सुधारिएको चुलो निर्माण गर्ने तयारी गरिएको छ। स्वास्थ्य चुलो नेपाल जयवागेश्वरी, काठमाडौँले निर्माण गर्ने भएको हो। गृहिणी महिलाको स्वास्थ्यमा सुधार ल्याउने र बन फडानी रोक्न सहयोग गर्ने उद्देश्यले सो कार्य गरिन लागेको आयोजक संस्थाको भनाई छ।
लमजुङमा २० हजार सुधारिएको चुलो निर्माण गर्ने लक्ष पूरा गर्नका लागि विभिन्न स्थानमा निर्माणकर्तालाई तालिम दिइएको सो संस्थाका लमजुङ संयोजक कमल गुरुङले बताए।
उनका अनुसार सोही प्रयोजनका लागि उक्त संस्थाले मस्र्याङ्दी गाउँपालिका- ८ भूलभुलेका स्थानीयलाई सुधारिएको चुलो बनाउने तालिम दिएको छ । आठदिने सो तालिममा १२ जनाको सहभागिता छ। सस्थाले तीन बर्षभित्र जिल्लामा यतिका संख्यामा चुलो निर्माण गर्ने योजना बनाएको गुरुङले जानकारी दिए।
कार्यक्रममा गाउँपालिका प्रमुख अर्जुन गुरुङ गाउँमा नै रोजगारको वातावरण सिर्जना गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए। सो अवसरमा स्वास्थ्य चुलो नेपालका परिवेक्षक ललितमान तामाङ, सहभागी इन्द्रकाशी गुरुङ, भिमबहादुर गुरुङ, सुवर्णन पुन लगायतले मन्तब्य व्यक्त गरेका थिए।
तालिमका सहभागीहरूले गाउँपालिका भित्रका सबै वडाहरूमा सुघारिएको चुल्हो निर्माण गर्ने छन्।
तालिममा सहभागी रहेका जेष्ठ नागरिक डम्बरसिंह अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य चुलो नेपालका लमजुङ संयोजक कमल गुरुङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९