लेखनाथ, २२ माघ। १४ औं संस्करणको लेखनाथ महोत्सव एवं ४ नं. प्रदेशको प्रदेशिक औद्योगिक व्यापार मेला लक्ष्य प्राप्ति गर्दै सोमबार सम्पन्न भएको छ।
महोत्सव समापनमा प्रमुख अतिथि प्रदेश ४ प्रमुख बाबुराम कुँवरले केन्द्रबाट गाउँसम्म संघीय सरकारको अवधारणा आएकाले अबका दिनमा जनताको घरदैलोमै राज्यको पहुँच पुग्ने विश्वास व्यक्त गरे।
आयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले परिवर्तित नयाँ परिवेशमा सबैको सहयोगको उच्च कदर गर्दै महोत्सवको माध्यमबाट लेखनाथवासीको एकता प्रष्फुटन गर्न सफल भएको बताए।
संघले ३ लाख दर्शक र करिब १५ करोड बढीको आर्थिक कारोबार हुने अनुमान गरेकोमा महोत्सवको १२ औ दिनसम्म आइपुग्दा करिब ४ लाख १० हजार दर्शक र करिब १८ करोड २५ लाख बराबरको आर्थिक कारोबार भएको आयोजकको दाबी छ ।
महोत्सवको आकर्षण गण्डकी तारा प्रतियोगितामा पोखरा पस्र्याङका गणेश तामाङ प्रथम, नालामुखकी स्मृति गुरुङ द्वितीय, बगरका अमृत सुनार तृतीय र पावरहाउसका सपना भाइ थापा सान्त्वना भए।
रत्यौलीतर्फ लगनशील आमा समूह प्रथम, नव प्रगतिशील आमा समूह द्वितीय, प्रगतिशील आमा समूह तृतीय र शान्तिप्रेमी आमा समूह सान्त्वना भएका छन्।
विद्यालय नृत्यतर्फ लक्ष्मी माविकी सपना थापा उत्कृष्ट भइन् भने विद्यालय गायनतर्फ कास्की मोडनाइज्डका सिर्द्धार्थ गर्न्धर्व उत्कृष्ट भए। महोत्सवमा आरजे फ्लावर नसरी, एग्रो हेल्दी प्रोडक्टस्, दीपेश इको हनी मकवानपुर उत्कृष्ट कृषि उत्पादकको रुपमा पुरस्कृत भए ।
विभिन्न विधामा विजयी तथा उत्कृष्ट ठहरिएका १४ वटा स्टललाई पुरस्कृत गरियो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसी, प्रदेश ४ प्रदेश सचिव लक्ष्मण अर्याल लगायत, संघका पूर्व अध्यक्ष बाबुराम गिरी, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले बोलेका थिए ।
कार्यक्रम सञ्चालन संघका महासचिव भरतकुमार अधिकारी र वरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोलाले संयुक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९