लेखनाथ, ९ माघ। प्रादेशिक औद्योगिक व्यापार मेला तथा १४ औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा माघ ११ देखि २२ सम्म चल्ने उक्त महोत्सवको आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको हेा ।
लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नाराका साथ महानगरको वडा २७, तालचोकमा हुने महोत्सवमा कृषि, हस्तकला, मेसिनरी, कपोर्रेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी लगायत गरी करिव तीन सय ५० वटा स्टल रहने संघ अध्यक्ष कृष्णहरि भण्डारीले जनाए । उनका अनुसार निर्माण भएका सबै स्टल बुकिङ भैसकेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघसँगको संयुक्त आयोजना र विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा हुने महोत्सवलाई मुख्य उद्देश्य औद्योगिक उत्पादन, घरेलु तथा हस्तकलाका वस्तु बजार प्रवर्द्धन र उद्यमशीलता तथा प्रविधि हस्तान्तरण गर्दै क्रेता र बिक्रेता, उत्पादकदेखि उपभोक्ताबीच प्रत्यक्ष भेटघाटको अवसरका रुपमा लिइएको छ।
महोत्सवको थप आकर्षण रुपमा बाल उद्यान, फुड फेस्टिबल, सांगीतिक प्रस्तुति, लोकदोहोरी कार्यक्रम समेत राखिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा संघका उपमहासचिव तथा प्रचारप्रसार संयोजक गोपिचन्द्र बास्तोलाले महोत्सव अवधिभर ३ लाख दर्शकले अवलोकन गर्ने र १५ देखि २० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताए।
संघका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सवका निर्देशक बाबुराम गिरी,चतुराखर अधिकारी, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, महासचिव भरतकुमार अधिकारी, मुख्य प्रायोजक एड्भान्स सिमेण्टको तर्फबाट राजेन्द्र ओझा र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले महोत्सवलाई सफल पार्न सबैको साथ र सहयोगको खाँचो रहेको बताए।
महोत्सवको मुख्य उद्देश्य औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुको बजार प्रवर्द्धन, पहिचान, स्थानीय उत्पादन, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धन, जातिय भेषभूषा, कला संस्कृति, रितिरिवाजको जगेर्नामा टेवा पुर्याउने साथै आन्तरिक एवं वाहृय पर्यटक प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।महोत्सवमा दर्शकको मनोरञ्जनका लागि कलाकारको दैनिक प्रस्तुति रहने साथै लेखनाथ महोत्सवमा सर्वाधिक लोकप्रिय कार्यक्रम गण्डकी ताराअन्तर्गत स्थानीय एवं राष्ट्रिय कलाकार जन्माउन सफल प्रतिभाको खोजी अभियानतर्फ यस वर्ष नृत्य विधामा गण्डकी तारालाई राखिएको छ ।
विद्यालयका छात्रछात्राको नृत्य र गायन कला प्रष्फुटन गर्ने उद्देश्यले यस वर्ष पनि चायल्ड टायालेण्ट शो साथै कविशिरोमणि लेखनाथ पौड्यालको सम्मानमा खुला कविता प्रतियोगिता, मातृशक्तिको सम्मानमा रत्यौली गीत प्रतियोगितालाई निरन्तरता दिइएको छ। महोत्सवमा करिब १ करोड आम्दानी र करिब ८५ लाख खर्च हुने आयोजकको अनुमान छ ।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९