पोखरा, ९ माघ। निर्माण सामग्रीमा मूल्यवृद्वि भएपछि पोखराका निर्माण व्यवसायी आक्रामक बनेका छन्।
मूल्यवृद्वि गर्ने कम्पनी तथा मनोमानी रुपमा गरिएको मूल्यवृद्वि नियन्त्रण गर्न नसकेको भन्दै निर्माण व्यवसायी सरकारसँग आक्रामक भएका हुन्। मूल्यवृद्विसँगै उपभोक्ता मारमा पर्दा निर्माण कार्य प्रभावित भएको उनीहरुको गुनासो छ।
निर्माण व्यवसायीका अनुसार पछिल्लो एक महिनामा मनोमानी रुपमा ६ पटकसम्म मूल्यवृद्वि भएको छ। सबैजसो निर्माण सामग्रीमा मूल्यवृद्वि भएको उनीहरुको भनाइ छ। प्रतिबोरा सिमेन्टमा १ सय ८० रुपैयाँसम्म र प्रतिकेजी रडमा १५ रुपैयाँसम्म मूल्यवृद्वि भएको बताइएको छ। मूल्यवृद्वि विरोध तथा सरकारको ध्यानाकर्षण गराउँदै निर्माण व्यवसायीले पोखरामा मंगलबार जुलुस प्रदर्शन गरेका छन्। मानवअधिकारचोकबाट शुरु जुलुस न्यूरोड, सभागृहचोकहँुदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। निर्माण व्यवसायी समिति कास्की नेपालले गरेको विरोध र्यालीमा स्वरोजगार निर्माण व्यवसायी समिति कास्की, श्रम निर्माण व्यवसायी समिति कास्की र लेखनाथ निर्माण व्यवसायी समितिको पनि सहभागिता थियो।
कोणसभामा मूल्यवृद्वि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँदै निर्माण व्यवसायीहरुले भने- ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलार्ई सरकार बेवास्ता गरे देश नै ठप्प पार्छ।’
कार्यक्रममा निर्माण व्यवसायी समिति कास्की नेपालका अध्यक्ष अर्जुन थापाले शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न चेतावनी दिए।
समितिका वरिष्ठ उपाध्यक्ष नारायण गुरुङले जनताको ढाड सेक्ने र निर्माण कार्य समेत प्रभावित हुने गरी गरिएको मूल्यवृद्विविरुद्व सबै एकजुट बन्नुपर्नेमा जोड दिए।
निर्माण व्यवसायी समितिका कास्की नेपालका सल्लाहकार भीमबहादुर शाहीले मनोमानी रुपमा गरिएको मूल्यवृद्वि नियन्त्रण गर्न नसक्नु सरकारको लाचारी भएको उल्लेख गरे।
कार्यक्रममा श्रम निर्माण व्यवसायी समिति कास्कीका अध्यक्ष गुञ्जलाल श्रेष्ठ र निर्माण व्यवसायी समिति कास्कीका सचिव नवराज बस्नेतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९