पोखरा, ७ माघ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले परिचयात्मक कार्यशाला गोष्ठी गरेको छ।
दिगो पर्यटनका लागि समान सहभागिता भन्ने मूल नाराका साथ सञ्चालनमा आएको टेवानले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालाबीच आफ्ना सदस्य तथा सल्लाहकारको परिचयात्मक कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम उद्घाटन गर्दै महिला तथा बालबालिका कार्यालय कास्कीका कार्यालय प्रमुख लक्ष्मी जिसीले पर्यटन व्यवसायमा महिलाको प्रतिष्ठा, अस्मिता र नैतिकतालाई थप सुरक्षित र सशक्त बनाउन टेवानको भूमिका महत्वपूर्ण रहने बताइन्।
पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पोखरामा पोखरामा पर्यटन व्यवसायसँग सम्बन्धित १३ वटा संस्थामा टेवानको उपस्थितले परिषद झन् बलियो हुने विश्वास व्यक्त गरे।
नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका सूर्य थपलियाले पर्यटनको विकास र विस्तार संघर्षशील रहेको बताए।
संस्थासल्लाहकार मन्धरा ढकालले महिला सक्रिय रुपमा लागेमा हरेक क्षेत्रका सफलता प्राप्त हुने बताइन्। समाजमा महिला आफै क्रियाशी र सशक्त ढंगले अघि बढ्नुपर्नेमा ढकालले जोड दिइन्। कार्यक्रममा टानका अध्यक्ष दीपकराज अधिकारी, टेसाका अध्यक्ष नारायण सुवेदी, पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष बवरजंग गुरुङ, रेवानका अध्यक्ष चौबहादुर गुरुङ, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष मीना भट्टराई, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, आदर्श समाज दैनिकका व्यवस्थापक दुर्गादेवी वास्तोला, पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य सुष्मा पौडेल, संस्थाकी सल्लाहकार इन्दिरा बराल लगायतले शुभकामना मन्तव्य दिए।
संस्थाका अध्यक्ष लक्की कार्की क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव कमला गिरी र स्वागत उपाध्यक्ष रेणु थापाले गरेका थिए।
पर्यटन व्यवसायमा संलग्न महिला एकीकृत गर्दै उनीहरूको क्षमता र नेतृत्व विकासमा टेवा पुर्याउने उद्देश्यका साथ हालैमात्र टेवान स्थापना भएको हो ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९