लेखनाथ, ६ माघ। १४ औ संस्करणको लेखनाथ महोत्सवको पूर्वाद्धमा आयोजित राष्ट्रियस्तरको कविता प्रतियोगितामा कवि दुर्गा न्यौपाने प्रथम भएकी छन् । उनको ‘आखिर किन -’ शीर्षकको कविता २३ कविका कवितालाई पछि पार्दै उत्कृष्ट हुन सफल भएको हो ।
त्यस्तै, ‘बाँदरको हातमा नरिवल हुनुहुन्न देश’ शीर्षकको इन्द्रराना प्रतीकको कविता द्वितीय, ‘ताली भयो जीन्दगी’ शीर्षकको छविलाल आचार्यको कविताले तृतीय स्थान हासिल गरेको छ।
प्रतियोगितामा कवि नवराज अधिकारी, अमृत घिमिरे, आदर्श सुशील, सुनिता घिमिरे र रोजिना आचार्य गरी ५ जना कविका कविता सान्त्वना भए । कवि शिरोमणि लेखनाथ पौडेलको सम्मानमा महोत्सव शुरु हुनु अघि ५ दिनअघि पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार भएको प्रतियोगिता सम्पन्न भएको हो । जसमा देशभरबाट दर्ता भएका ८५ कवितामध्येबाट निर्णायक मण्डलले उत्कृष्ट २४ वटा कविता छनोट गरेको थियो । छनोट कविता शनिबार वाचन गरिएको थियो ।
प्रतियोगिता उद्घाटन गर्दै प्राज्ञ हरिदेवी कोइरालाले माटो र मुटुको प्रतिविम्ब साहित्यलाई महोत्सवले समेटेकोमा खुशी व्यक्त गर्दै जीवन र जगत्को प्रस्तुति कविताले गर्ने बताइन्। उनले हरेक वर्ष लेखनाथ महोत्सवले नेपाली साहित्यका कविशिरोमणि लेखनाथ पौड्याललाई सम्झेको बताइन्।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा संघका प्रथम उपाध्यक्ष क्षत्रधर आत्रेय, पोखरा लेखनाथ महानगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, पुरस्कार प्रायोजक सूर्यमणि लामिछाने लगायत बोलेका थिए। कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले स्वागत र आयोजक संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले धन्यवाद ज्ञापन गरेका थिए। प्रतियोगिता सञ्चालन कविता प्रतियोगिता संयोजक कृष्णप्रसाद ढुंगानाले गरेका थिए। निर्णायक प्राडा रविलाल अधिकारी, साहित्यकार नारायण मरासिनी र डा जगन्नाथ रेग्मी रहेका थिए। प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ७ हजार र सान्त्वनाले २ हजार रुपैयाँ पाउनेछन् । पुरस्कार महोत्सव अवसरमा वितरण गरिने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
मुक्तक : लोकप्रिय तर हेपिएको विधा
२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
डा. पुष्पालाई इन्द्र–हुमा वाङ्मय सम्मान
लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीमा राजन कार्की
नाटक महोत्सवमा स्कुले विद्यार्थीको प्रतिभा
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९