पोखरा, २६ पुस । पोखरामा बिहीबारदेखि दुर्इ ठूला मेला शुरु हुँदैछन् । मेला सञ्चालन मिति एकै भए पनि आयोजक र मेलास्थल भने फरक छन् ।
पोखरा उद्योग वाणिज्य संघले नयाँबजारस्थित स्थायी प्रदर्शनी केन्द्रमा सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला सञ्चालन गर्दैछ भने युनाइटेड क्लब पोखराले अमरसिंहचौरमा आठौं पोखरा महोत्सव सञ्चालन गर्दैछ । दुवै मेला माघ ८ सम्म चल्नेछन् ।
उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेल मेलामा २ सय ८० वटा स्टलहरु रहने बताए । ‘लगानीको सर्म्बर्द्धनःउद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजित मेलामा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धनका स्टलहरु राखिनेछन् ।
त्यस्तै, उक्त मेलामा नेपाल मोवाइल वितरक संघले आयोजना गर्दै आएको दोस्रो मोवाइल मेला समेत हुनेछ । यसले सूचना प्रविधिको जानकारी लिने अवलोकनकर्तालाई गन्तव्यको रुपमा विकास गर्ने आयोजकको अपेक्षा छ । मेलामा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधि प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधिको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानको बिक्री वितरण गरिनेछ ।
साथै विभिन्न मनोरञ्जनात्मक क्रियाकलापसमेत मेलामा देख्न पाइनेछ ।
उता, युनाइटेड क्लब पोखराले कला, संस्कृति, भेषभूषा संरक्षण, सूचना प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने, प्रतिभा प्रस्फुटन, विभिन्न उत्पादनको बजारीकरणमा सघाउने लगायत उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको जनाएको छ ।
क्लबका महासचिव राजु श्रेष्ठले पोखरा महोत्सवको आम्दानी समाजकै हितका लागि शिक्षा, स्वास्थ्य र पर्यटनमा खर्च गरिने भएकाले अरु महोत्सवभन्दा पोखरा महोत्सवले छुट्टै महत्व बोकेको दाबी गरे।
महोत्सवमा कृषि, पर्यटन, अटो र विभिन्न उत्पादनसँग सम्बन्धित २ सय ३५ स्टल रहने छन्। महोत्सव अवधिभर दिउँसो विभिन्न कलाकारले सांस्कृतिक कार्यक्रम र साँझ लाइभ पप कर्न्र्सट हुने जनाइएको छ। साथै, प्रदेशस्तरीय लोकदोहोरीगीत प्रतियोगिता, बाल उद्यान, हस्तकला, औद्योगिक उत्पादन, कृषि, अटो मेला महोत्सवको आकर्षणका रुपमा रहने छन्। यसपटक नयाँ आकर्षणका रुपमा हात्ती सवार कार्यक्रम थप गरिएको छ।
झण्डै २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १२ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । उक्त महोत्सवबाट १ करोड १४ लाख आम्दानी, ७९ लाख खर्च र ३५ लाख रुपैयाँ’ बचत हुने आयोजकको अनुमान छ।
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९