पोखरा, २६ पुस। पोखराको नोभेल एकडेमी र बंगलादेशको युनुस सोसियल बिजनेस सेन्टरबीच सम्झौता भएको छ। नेपालमा उद्यमशीलताको विकास गर्नका युनुस सेन्टरका तर्फबाट अध्यक्ष प्रोफेसर मोहम्मद युनुस र नोभेल एकेडेमीका तर्फबाट प्रिन्सिपल डा कृष्णराज भण्डारीले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि नोभेल एकेडेमीले युनुस सेन्टरको सहकार्यमा पोखरामा नोभेल युनुस सोसियल विजनेश सेन्टरको स्थापना गर्ने छ। यसको मुख्य उद्देश्य उद्यमशीलताको विकाश गर्नका लागि कार्यशाला गोष्ठी गर्ने, सृजनात्मक विजनेश मोडेल तयार पार्ने जनाइएको छ ।
युनुस उद्यमशीलताको विकाशमा उल्लेख्य योगदान गरी समग्र बंगलादेशलाई नै आर्थिक क्रान्ति गराएवापत सन् २००६ मा नोबेल पुरस्कार प्राप्त गर्न सफल माइक्रो फाइन्नासका जन्मदाता प्रो मोहम्मद युनुसको संरक्षकत्वमा स्थापित भएको हो । कार्यक्रममा नोभेल एकेडेमीका सिइओ विश्वेश्वर आचार्यले एकेडेमीले स्थापनाको १६ वर्षको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तगत उक्त कार्यक्रम गरिएको जानकारी दिए । उनले नेपालीको विद्यमान गरिबी उन्मूलन गर्न समाजमा प्रभाव पार्ने खालको रोजगार सृजना गरी उद्यमको विकास गर्ने बताए । उनका अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन उच्च बनाउने तथा विद्यार्थीलाई रोजगार प्रदान र अवसर सृजना गर्ने सेन्टरको मुख्य उद्देश्य रहनेछ। विद्यार्थीले तयार पारेको नवीनतम् मोडललाई लगानी गर्ने उद्यमी खोजी गरी आवश्यक लगानीको अवसर सृजना गराउने सेन्टरको लक्ष्य रहनेछ।
कार्यक्रममा प्रो मोहम्मद युनुस, नोभेल एकेडेमीका कार्यकारी निर्देशक सीता लामिछाने, एकेडेमीका बोर्ड मेम्बर तथा सफल मिडिया हाउसका अध्यक्ष दुर्गाप्रसाद हुमागाई, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, हिमालय अर्गनाइजेसनका अध्यक्ष युवाउद्यमी ध्रुव थापा, कैलाश विकाश बैंकका अध्यक्ष नारायण पौडेल, कंगारु एजुकेशन फाउण्डेशन पोखराका प्रमुख टीआर काफ्ले, बैकर, प्रोफेसर, सञ्चारकर्मी लगायतले कलेजको यो कार्यले नेपालमा उद्यमशीलता विकासमा उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नोभेलमा हाल ए लेभलदेखि एमविएसम्म ६ सय जना विद्यार्थी पढ्छन् । एकेडेमीले हालसम्म आफ्नो शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अमेरिका, बेलायत, फिनल्याण्ड, जर्मनी, अष्ट्रेलिया, सिगांपुर, मलेशिया, थाइल्याण्डका विश्व प्रसिद्ध विश्वविद्यालय एवं मल्टिनेशनल कम्पनीसँग रणनीतिक साझेदारी गर्दैआएको प्रिन्सिपल डा कृष्णराज भण्डारीले बताए।
२००६ मा स्थापित एकेडेमीले शुरुवातमा युनिभर्सिटी अफ केम्ब्रिज बेलायतको सम्बन्धनमा काठमाडौं उपत्यका बाहिर नेपालमै पहिलोपटक ए लेभलको शिक्षा सञ्चालन गरेको थियो। पछिल्लो समयमा सन् २००९ देखि पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा बीएस्सी नर्सिङ, बी फामेसी, बीबीए र एमबीएको कक्षाहरु सञ्चालन गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९