काठमाडौँ, २४ पुस। नेपाल धितोपत्र बोर्डले ९४ करोड तीन लाख बराबरको हकप्रद सेयर निष्कासन गर्न विभिन्न्ा तीन कम्पनीलाई स्वीकृति दिएको छ ।
बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई हकप्रद सेयर निष्कासनका लागि सोमबार स्वीकृति दिइएको छ ।
एसियन लाइफ इन्स्योरेन्सले १० कित्ता बराबर एक पाउने गरी रु ४० करोड २७ लाख ९६ हजार ६ सय २० बराबरको रु ४० लाख २७ हजार ९ सय ६६ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिइएको छ । हकप्रद सेयर निष्कासनका लागि एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
यस्तै फस्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले रु २२ करोड ८१ लाख ३१ हजार ३ सय मूल्यबराबरको २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको बोर्डले जनाएको छ । फस्ट माइक्रोफाइनान्स लघु वित्तको हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइर्एमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । सो कम्पनीले दुर्इ कित्ताबराबर एक पाउने गरी हकप्रद निष्कासन गर्न लागेको छ ।
यस्तै, कामना सेवा विकास बैंकले रु ३० करोड ९४ लाख १५ हजार ४ सय ७७ मूल्यबराबरको ३० लाख ९४ हजार १ सय ५४ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिइएको हो । कामना सेवाको हकप्रदका लागि एनएमबी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कामनाले दश कित्ता बराबर १ दशमलब ५ कित्ता हकप्रद सेयर दिनेछ ।
यता, नेपाल स्टक एक्सचेन्जले वित्त समूहअन्तर्गत रहेको नागरिक लगानी कोषलाई अन्य समूहमा सारेको छ ।
कोष र वित्त समूहमा रहेका सूचीकृत कम्पनीको व्यावसायिक प्रकृतिलाई हेरेर समूह परिवर्तन गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । नेप्सेले सूचीकृत कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्दै आएको छ । नेप्सेमा विभिन्न्ा १४ समूह रहेका छन् ।
नेप्सेले वर्गीकरण गरिएका कम्पनीलाइ उपसूचकमार्फत कारोबार मापन गर्दै आएको छ । कोष थपिएपछि अन्य समूहमा कम्पनीको संख्या चार पुगेको छ । कोष थपिनुअघि सो समूहमा जलविद्युत् लगानी तथा विकास कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र नेपाल फिल्म डेभलपमेन्ट कम्पनी रहेका थिए ।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९