पोखरा, २२ पुस । एमाले नेता प्रदीप ज्ञवालीले फागुनभित्रै पार्टीएकीकरण हुने बताएका छन् । एमाले र माओवादी दुवैले आफ्ना प्रपोजल तयार गर्ने काम गरिरहेको भन्दै फागुनभित्रैमा सोलिड फर्मेसन तयार गर्ने उनले बताए ।
‘शीर्षनेताका बीचमा नियमित संवाद भैरहेको छ । दुवै पार्टीप्रपोजल बनाउने काममा ब्यस्त छन्’-उनले भने-‘ढिलोमा फागुनभित्रै सोलिड फर्मेसन बनाएर सार्वजनिक गर्छौ ।’ उनले पार्टीएकीकरणबारे बाहिर आएका हल्लामा कुनै सत्यता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे । पार्टीएकता नेताको व्यवस्थापन नभई भद्रगोल देशको व्यवस्थापनमा केन्द्रित हुने उनको दावी छ । उनले गठबन्धन कुनै पनि शक्तिले तोड्न नसक्ने विश्वास ब्यक्त गरे ।
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई लक्षित गर्दै उनले जिम्मेवार पार्टीको जिम्मेवार ब्यक्तिले सार्वजनिक रुपमा पार्टीफुटाउने कुरा गर्नु गैर राजनीतिक भएको उल्लेख गरे ।
प्रेस चौतारी र प्रेस सेन्टर कास्कीको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले सरकार गठनमा भएको ढिलाईप्रति कटाक्ष गरे ।
‘लोकतन्त्रको सामान्य मान्यता ताजा जनादेश आएपछि नयाँ सरकार गठनको बाटो खुल्छ । जनता स्थिर सरकारको ब्यग्र प्रतीक्षामा छन्’-उनी भन्छन्-‘जनादेशको भावनाविपरीत वर्तमान सरकारले सत्ता लम्ब्याउने बहानाबाजी गरिरहेको छ । यो लोकतन्त्रविरुद्धको कदम हो ।’
सत्तामा जाने ब्यग्रताले आफूहरुले हतार नगरेको भन्दै उनले जतिसक्दो छिटो समानुपातिक मतपरिणाम सार्वजनिक गरेर सरकार गठनको ढोका खोलिदिन निर्वाचन आयोगसँग आग्रह गरे । उनले सरकारको काम क्षणिक स्वार्थपूर्र्तिका लागि भएको टिप्पणी गरेका छन् ।
Related News
सम्बन्धित समाचार
कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि
अन्नपूर्णमा एमाले प्रशिक्षण
निर्वाचनका लागि ४० दल दर्ता
गोरखा गठबन्धनमा गन्जागोल
एमालेको विरोध प्रदर्शन
hero news full width
मुख्य समाचार
शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९