खैरेनीटार, १९ पुस। तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाइ समितिको २२ आंै साधारण सभा एवं १० औं अधिवेशनले इकाइ सभापतिमा राजकुमार वाग्ले (राजु) लाई निर्वाचित गरेको छ।
वाग्लेले कुल खसेको मतको २ सय ५३ मत ल्याई विजयी भएका हुन्। उनका प्रत्यासी नारायणकुमार श्रेष्ठले २ सय मत ल्याएका थिए।
उपसभापतिमा टीकाराम श्रेष्ठले २ सय ६०, कोषाध्यक्ष विनोदकुमार मल्लले २ सय ४५ र जिल्ला प्रतिनिधि पूर्णकुमार श्रेष्ठले २ सय ३७ मत प्राप्त गरी विजयी भए।
सदस्यमा इश्वरकुमार श्रेष्ठ, सुन्दरश्याम मल्ल, विधान गुरुङ, प्रदीप थापा, शिव गतौर्ला, सुमन सापकोटा, हरिबहादुर खड्का र शिव पौडेल निर्वाचित भएका छन्।
इकाइमा ५ सय ६ मतदाता रहेकोमा मतदानमा ४ सय ७२ मत खसेको थियो भने निर्वाचन संयोजक राजेन्द्र पियाले जनाए।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ४ का उपाध्यक्ष एवं तनहुँ उद्योग वाणिज्य सघका अध्यक्ष कृष्णराज पण्डितले विजयीलाई बधाई तथा शुभकामना दिँदै व्यवसायी संगठित भएर अगाडि बढ्नु पर्ने बताए।
इकाइका निवर्तमान अध्यक्ष विमलप्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव ठानप्रकाश न्यौपानेले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९