राशिफल

राशिफल (२०७९ माघ १९ गते बिहीबार)

मेष

लामो समयपछि पुराना साथीभाइसँग मिलन हुनेछ । श्रमको सही मूल्यांकन पाइनेछ । सहयोगीको उचित साथ मिल्दा नयाँ कार्य आरम्भ गर्न सकिनेछ । गरेका कामबाट सन्तोष मिल्ने छ ।

बृष

इच्छा आकांक्षा थपिने छन् । व्यापार व्यवसायमा फाइदा बढ्ने छ । खुसीयाली वातावरण बन्नेछ । सानो प्रयासले नै कार्यहरु बन्नेछन् । शैक्षिक क्षेत्रमा प्रगतिको संकेत देखिन्छ ।

मिथुन

ठूलाठूला कार्य पनि बोलीकै भरमा बन्नेछन् । सामाजिक पदप्रतिष्ठा प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइनेछ । घरायसी समस्या हल भएर जानेछ । हर्षको खबर मिल्ने देखिन्छ ।

कर्कट

बाहिरी कुरामा ध्यान जानेछ । झन्झटिला कार्यको नेतृत्व गर्नुपर्नेछ । आफ्नै निर्णयले आफैंलाई समस्यामा पार्न सक्छ । लहैलहैमा लाग्दा अनावश्यक खर्चभार बढ्नेछ ।

सिंह

उठ्न बाँकी रकम पहल गर्दा उठाउन सकिनेछ । कलात्मक कार्यमा मन जानेछ । थालेका अधिक कार्य बन्नेछन् । आम्दानीका बाटाहरु फेला पर्नेछन् । रमाइलो यात्राको सम्भावना देखिन्छ ।

कन्या

पारिवारिक समस्या हल हुनेछ । दैनिक काम–कार्यमा समेत नयाँ तरिकाको प्रयोगले सहजता हुनेछ । नोकरीमा प्रशंसा एवं नयाँ जिम्मेवारी थपिनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ ।

तुला

परोपकारी भूमिका निर्वाह गर्न पाउँदा आनन्द लाग्नेछ । कल्याणकारी कार्यमा सरिक भइनेछ । छोटो समयमा नै गरेका कार्यबाट प्रतिफल मिल्नेछ । आर्थिक लाभ हुनेछ ।

वृश्चिक

विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले विशेष कार्यमा पछि परिनेछ । गोपनीयता बाहिरिँदा विपक्षीले फाइदा उठाउने छन् । दैनिक कार्यमा नै व्यस्त रहनुहोला ।

धनु

विरोधीहरु समर्थनमा आउँदा कार्य गर्न सहज हुनेछ । विपरीत लिंगीको सहयोगले कार्य बन्नेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी हुने अवसर मिल्नेछ । आर्थिक पक्ष बलियो नै रहनेछ ।

मकर

सामाजिक कार्यमा चासो रहनेछ । सानातिना समस्यामा नआत्तिनु होला, निरन्तर लाग्दा प्रतिफल तपाईंकै पक्षमा आउनेछ । रोकिएका वित्तीय कारोबारले गति लिनेछन् । व्यवसायबाट सन्तोष मिल्नेछ ।

कुम्भ

पारिवारिक सहयोग सद्भाव कायम रहनेछ । पढाइलेखाइमा सामान्य प्रयासले नै सिप सिक्न र बुझ्न सकिनेछ । प्रतिभाका कार्यमा विजयी भइनेछ । बौद्धिक कलाको प्रशंसा मिल्नेछ ।

मीन

लक्ष्यमा पुग्न कडा परिश्रमको आवश्यकता पर्नेछ । बोलीकै कारण बन्नै आँटेका कार्यमा समेत विराम लाग्नेछ । सोचेअनुरुप कार्य नबन्दा दिक्क लाग्नेछ । मातृ पक्षको सहयोगले कार्य गर्नुहोला ।

पञ्चाङ्ग

२०७९ साल माघ १९ गते बिहीबार, तदनुसार सन् २०२३ फेब्रुअरी २ तारिख, नलनाम संवत्सर, शिशिर ऋतु । चान्द्रमानअनुसार माघशुक्लपक्षको द्वादशी तिथि वेलुका ५ः१८ बजेसम्म, त्यसपछि त्रयोदशी रहनेछ । श्रीसूर्य : मकर राशिमा, चन्द्रमा : मिथुन राशिमा अहोरात्र व्याप्त रहनेछ । आज : प्रदोषव्रत, भीष्मद्वादशी, वटुमाघयात्रा (सन्याडूली)

नक्षत्र आद्र्रा अहोरात्र व्याप्त रहनेछ
विष्कुंभादी योग वैधृती १:४१ बजेसम्म, त्यसपछि विष्कुम्भ रहनेछ
आनन्दादी योग काण
करण कौलव मध्यरात्रि पछि ६:१२ बजेसम्म, त्यसपछि गर रहनेछ
श्रीसूर्य सूर्यउत्तरायण
सूर्योदय ६:५२ बजे, सूर्यास्त : बेलुका ५:४४ बजे हुनेछ ।