राशिफल

२०७७ साल कार्तिक २६ गते बुधबार

मेष

सुखसुविस्ताका साधानहरु जुट्ने छन् । विपक्षीसँग मेलमिलापको वातावरण बन्नेछ । मांगलिक कार्यमा सहभागी भइनेछ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ ।स्वास्थ्यमा सामान्य कमजोरी भने देखापर्नेछ ।

बृष

बोलि बचनमा मिठासपन आउनेछ । पारिवारिक समस्या हल भएर जानेछ । तपाईँको व्यक्तित्वको चर्चा हुनेछ । काम प्रतिको दृढता बढ्ने देखिन्छ । अध्ययनमा रुचि रहनेछ । नोकरीमा भने अपजस व्यहोर्नु पर्नेछ ।

मिथुन

प्रेममा मनमुटावको अवस्था सृजना हुनेछ । दैनिक गर्दै आएका कार्यमा समेत सानातिना समस्याले सताउने छन् । शारीरिक कमजोरीको अनुभूति हुनेछ । संयम रहेर कार्य गर्नुहोला । चिन्ताप्रद खबर सुन्नु पर्नेछ ।

कर्कट

सामान्य मिहिनेतले पनि लक्ष्यमा पुग्न सकिनेछ । साथीभाईसँगको रमाइलो जमघट हुनेछ । खुसीयाली पल रहनेछ । व्यवसायबाट उचित लाभ मिल्नेछ । साझेदारी कार्यबाट फाइदा हुनेछ । अघिदेखिको समस्या हल हुनेछ ।

सिंह

चिन्ताको खबर सुन्नु पर्नेछ । शारीरिक आलस्यताले गर्दा कार्य गर्न मन लाग्ने छैन ।सामान्य कार्यमा भूल्दा महत्वपूर्ण मौका फुत्कनेछ । विशेष गरी कुटुम्बको साथ सहयोग लिएर कार्य थाल्दा काम बन्नेछ ।

कन्या

काम गर्ने वातावरण बन्नेछ । प्रेमभाव जाग्नेछ । विपक्षीहरु परास्त हुनेछन् । मनमा शान्तिको अनुभूति हुनेछ । व्यक्तित्व विकासको समय रहेको छ । हर्षको खबर मिल्नेछ । लामो समय पछि मित्र मिलन हुनेछ ।

तुला

आज ठूलो लगानि नगर्नु नै उचित हुनेछ । अवसरलाई चिन्न नसक्दा महत्वपूर्ण मौका फुत्कनेछ । कष्टकर यात्रा हुनेछ । धेरै परिश्रम गरेता पनि न्यून उपलब्धिमा नै चित्त बुझाउनु पर्नेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

वृश्चिक

सामाजिक पदप्रतिष्ठा मिल्नेछ । राजनैतिक कार्यबाट सफलता तथा जिम्मेवारी बढ्नेछ । व्यवसायबाट सोचे अनुरुप लाभ पाइनेछ । आयमूलक कार्यमा मन जानेछ । पहिला गरेको लगानिको फाइदा लिन पाइनेछ ।

धनु

ठूला व्यक्तिको संगत रहनेछ । नोकरीमा लाग्नेहरुका लागि जस मिल्नेछ भने जिम्मेवारी बढ्नेछ । इमान्दारीताको पात्र बनिनेछ । शैक्षिक क्षेत्रमा उन्नति हुनेछ । नयाँ क्षेत्रको प्रवेश गर्दा शुभ नै हुने देखिन्छ ।

मकर

दिन मिश्रीत फलदायी रहनेछ । नोकरीमा केही अपजश व्यहोर्नु परेता पनि आफन्तजनसँग विग्रिएको सम्बन्धमा भने सुधार आउनेछ । कलात्मक कार्यमा मन जानेछ । स्वास्थ्यमा समेत सुधारको संकेत देखिन्छ ।

कुम्भ

आर्थिक पक्ष कमजोर बन्नेछ । सोचे अनुरुप कार्य नबन्दा दिक्क लाग्नेछ । व्यर्थको कार्यमा भुल्दा आफ्ना महत्वपूर्ण कार्यहरु अपूरै रहनेछन् । अन्य कार्यमा मन नडुलाई दैनिकीमा नै व्यस्थ रहनु होला ।

मीन

मनोरञ्जनात्मक समारोहमा सहभागी भइनेछ । विपरित लिंगिको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ । दिन हर्षाेल्लास पूर्वक वित्ने देखिन्छ । सांगितिक कार्यमा मन रमाउनेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल कार्तिक २६ गते बुधबार, तदनुसार ई.सं. २०२० नोभेम्बर ११ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार कार्तिककृष्णपक्षको एकादशी तिथि वेलुका ८ः४१ बजेसम्म, त्यसपछि द्वादशी तिथि रहनेछ ।

नक्षत्र उत्तरफाल्गुनी रात्रि १ः४३ बजेसम्म, त्यसपछि हस्ता रहनेछ ।
विष्कुंभादी योग वैधृती वेलुका ५ः२५ बजेसम्म, त्यसपछि विंष्कुम्भ रहनेछ ।
आनन्दादी योग प्रबद्र्ध ।
करण बव पूर्वान्ह ९ः४२ बजेसम्म, त्यसपछि कौलव रहनेछ ।
श्रीसूर्य तुला राशिमा, चन्द्रमा : सिंह राशिमा विहान ८ः४३ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः२३ बजे, सूर्यास्त : बेलुका ५ः१२ बजे ।