राशिफल

२०७७ साल कार्तिक २१ गते शुक्रबार

मेष

सहयोगीको उचित साथ मिल्दा नयाँ कार्यको आरम्भ गरिनेछ । गरेका काम कार्यबाट सुख सन्तोष मिल्ने छ । अरु दिनको तुलनामा अध्ययनमा रुचि रहनेछ । पुराना मित्रसँग भेटघाट हुनेछ । श्रमको सही मूल्यांकन पाइनेछ ।

बृष

शारीरिक आलस्यता र अल्छिपनाले सताउनेछ । ढिलासुस्तिका कारण मौका फुत्कन सक्छ, पूर्व तयारीका साथ कार्य क्षेत्रमा लाग्नुहोला । कठिन परिस्थितिका बापजुध पनि अचल वस्तुमा गरेको लागिबाट फाइदा मिल्नेछ ।

मिथुन

ठूलाठूला कार्य पनि बोलिकै भरमा बन्नेछन् । सामाजिक पदप्रतिष्ठा प्राप्त हुनेछ । कृति प्रदायक कार्य गरिनेछ । घरायसी समस्या हल भएर जानेछ । शुभ समाचार सुन्न पाइनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ ।

कर्कट

आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्न सक्छ, सजक रहनु होला । लहैलहैमा लाग्दा अनावश्यक खर्चभार थपिनेछ । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ । अध्ययनमा भन्दा बाहिरी कुरामा ध्यान जानेछ ।

सिंह

थालेका अधिक कार्यले उचित स्थान पाउँदा खुसी लाग्नेछ । छोटो रमाइलो यात्राको संभावना देखिन्छ । आम्दानीका बाटाहरु फेला पर्नेछन् । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ ।

कन्या

नोकरीमा प्रशंसा एवं नयाँ जिम्मेवारी मिल्नेछ । काम गर्न मन लाग्नेछ । दैनिक गर्दै आएका कार्यमा समेत नयाँ तरिकाको प्रयोगले सहजता हुनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ । प्रसन्नता छाउनेछ ।

तुला

सही कार्य गर्दा पनि बधा, अड्चन आउनेछन्, सोच विचारका साथ कार्य गर्नुपर्नेछ । तर अरुको सस्यामा सहयोगीको भूमिका निर्वाह गर्न पाउँदा आनन्द लाग्नेछ । धार्मिक भ्रमणको अवसर मिल्नेछ । स्वास्थ्यको ख्याल राख्नुहोला ।

वृश्चिक

जिद्दि गर्ने बानिका कारण कार्य विग्रनेछ । गोपनीयता बाहिरीँदा विपक्षीले फाइदा उठाउने छन् । अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले अप्ठ्यारा परिस्थिति सृजना हुनेछन् । दैनिकीमा नै व्यस्थ रहनु होला ।

धनु

विपरीत लिंगिको सहयोगले कार्य बन्नेछ । मनोरञ्जनात्मक समारोहमा सरीक हुने अवसर मिल्नेछ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउँदा कार्य गर्न सहज हुनेछ । दिन हर्षाेल्लास पूर्वक वित्ने देखिन्छ ।

मकर

रोकिएका वित्तिय कारोवारले गति लिनेछन् । सानातिना समस्यामा नआत्तिनु होला, निरन्तर लाग्दा प्रतिफल तपाईँकै पक्षमा हुनेछ । व्यवसायबाट सन्तोषजनक लाभ मिल्नेछ । सामाजिक कार्यमा चासो रहनेछ ।

कुम्भ

पढाइलेखाइमा सामान्य प्रयासले नै सिप सिक्न र बुझ्न सकिनेछ । प्रतिभाका कार्यमा विजयी भइनेछ । बौद्धिक कलाको प्रशंसा मिल्नेछ । तर असन्तुष्टिपनले भने छाड्ने छैन । स्वास्थ्य कमजोर बन्नेछ ।

मीन

सोचे अनुरुप काम कार्य बन्ने छैन । लक्ष्यमा पुग्न कडा परिश्रमको जरुरत पर्नेछ । अरुको उक्साहटमा निर्णय लिँदा गलत बाटो रोजिन सक्छ, सतर्क रहनु होला । मातृपक्षको साथ सहयोगले अघि बढ्नु शुभ हुनेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल कार्तिक २१ गते शुक्रबार, तदनुसार ई.सं. २०२० नोभेम्बर ६ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार कार्तिककृष्णपक्षको षष्ठी तिथि रात्रि २ः५४ बजेसम्म, त्यसपछि सप्तमी तिथि रहनेछ ।

नक्षत्र पुनर्वसू रात्रि ४ः५२ बजेसम्म, त्यसपछि तिष्य रहनेछ ।
विष्कुंभादी योग साध्य भोलि रात्रि ४ः१८ बजेसम्म, त्यसपछि शुभ रहनेछ ।
आनन्दादी योग लुम्ब ।
करण गर दिवा २ः५५ बजेसम्म, त्यसपछि भद्रा रहनेछ ।
श्रीसूर्य तुला राशिमा, चन्द्रमा : मिथुन राशिमा रात्रि १०ः४५ बजेसम्म रहनेछ ।
सूर्योदय ६ः१९ बजे, सूर्यास्त : बेलुका ५ः१४ बजे ।