राशिफल

२०७७ साल कार्तिक १८ गते मंगलबार

मेष

सामान्य कार्यलाई धेरै समय खर्चनु पर्दा दिक्क लाग्नेछ । स्वास्थ्यको ख्याल राख्नुहोला । धार्मिक कार्यमा रुचि बढ्नेछ । अचल वस्तुमा गरेको लगानिबाट दीर्घकालिन रुपमा लाभ मिल्नेछ । हतारमा निर्णय नलिनुहोला ।

बृष

आत्मिय व्यक्तिसँगको रमाइलो भेट हुनेछ । महत्वपूर्ण कार्यको जिम्मेवारी पाइनेछ । काम गर्ने कलाको प्रशंसा मिल्नेछ । हितैसि व्यक्तिसँग सहकार्य गर्ने मौका मिल्नेछ । ठूला व्यक्तिसँग मित्रता गाँसिनेछ ।

मिथुन

ठूलो लगानी एवं टाढाको यात्रा शुभ देखिन्न । व्यर्थको झन्झट मात्र व्यहोर्नु पर्नेछ । अनावश्यक कार्यमा चासो रहनेछ । गलत व्यक्तिको परिबन्दमा परिन सक्छ, अरुको लहैलहैमा नलाग्नुहोला ।

कर्कट

आय स्थानमा स्थित चन्द्रमा ग्रहका प्रभावले आकस्मिक धन लाभ एवं मानसम्मान मिल्नेछ । थोरै मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । खुसियाली छाउनेछ । कार्य प्रतिको लगनशिलता र क्रियाशिलता बढ्नेछ ।

सिंह

स्वास्थ्यमा सुधार हुनेछ भने नयाँ संझौता समेत गरिनेछ । गरेका कार्य प्रभावशाली बन्नेछन् भने समर्थकहरु पनि बढ्नेछन् । अध्ययन अध्यानपन क्षेत्रमा विशेष चासो रहनेछ । सकारात्मक चिन्तन रहनेछ ।

कन्या

अवसर हुँदाहुँदै पनि ढिलाबसुस्तिका कारण मौका फुत्कनेछ । मान्यजनसँग विवाद पर्नेछ । धार्मिक कार्यमा भने आस्था जाग्नेछ । पढाइमा अघिल्ला दिनमा भन्दा केही प्रगति हुनेछ । मिश्रीत फलदायी समय रहेको छ ।

तुला

स्वास्थ्य कमजोर बन्नेछ । अपरिचित व्यक्तिलाई गोपनियता बताउँदा बन्नै आँटेका कार्यमा समेत बाधा अड्चन आउनेछन् । नियम आचरणमा रहन गाह्रो पर्नेछ । नयाँ संझौता एवं टाढाको यात्रा समेत नगर्नुहोला ।

वृश्चिक

पारिवारिक समस्या हल भएर जानेछ । उमंग छाउनेछ । आत्मियजनसँगको रमाइलो जमघट एवं यात्रा होला । सामान्य प्रयासबाट नै कार्य बन्दा हौसला थपिनेछ । दाम्पत्य सहयोगले कार्य बन्नेछन् ।

धनु

मिहिनेती प्रबृत्तिको विकास हुनेछ । शत्रूहरु कमजोर बन्नेछन् । केही कठिनाइ भोग्नु परेता पनि मिहिनेतको भने कदर हुनेछ । मन, बचन र कर्मको तालमेल मिल्नेछ । परिश्रमको सही प्रतिफल पाइनेछ ।

मकर

शारीरिक आलस्यता र पारिवारिक असमझदारीताले दैनिक कार्यमा समेत समस्या आउनेछ । सहज वातावरण बन्दा–बन्दै पनि मन भित्र डर त्रासले छाड्ने छैन । पूर्व तयारी र योजना बनाएर कार्यमा निस्नु उचित हुनेछ ।

कुम्भ

सहज तवरले बन्दै आएका कार्यमा समेत बाधा व्यवधान आउनेछ । मानसिक चिन्ताले छाड्ने छैन । नयाँ कामको थालनि गर्दा अन्योलता रहनेछ । आर्थिक अभाव हुनेछ । मातृ पक्षको सल्लाहमा कार्य गर्नुहोला ।

मीन

खुसीको खबर सुन्न पाइनेछ । सहोदरका व्यक्तिसँग नयाँ ठाउँ घुमफिर गर्ने अवसर मिल्नेछ । सहयोगीहरुको साथले गर्दा समस्याको समाधान हुनेछ भने नयाँ कार्यको आरम्भ गरिनेछ । सांगीतिक क्षेत्रमा मन रमाउनेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल कार्तिक १८ गते मंगलबार, तदनुसार ई.सं. २०२० नोभेम्बर ३ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार कार्तिककृष्णपक्षको तृतीया तिथि रात्रि १ः०५ बजेसम्म, त्यसपछि चतुर्थी तिथि रहनेछ ।

नक्षत्र रोहिणी रात्रि १ः२५ बजेसम्म, त्यसपछि मृगशिरा रहनेछ ।
विष्कुंभादी योग वरीयान् विहान ६ः२८ बजेसम्म, त्यसपछि परिघ रहनेछ ।
आनन्दादी योग मात· ।
करण वणिक् दिवा १२ः२१ बजेसम्म, त्यसपछि बव रहनेछ ।
श्रीसूर्य तुला राशिमा, चन्द्रमा : वृष राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः१७ बजे, सूर्यास्त : बेलुका ५ः१६ बजे ।