राशिफल

२०७७ मंसिर २० गते शनिबार

मेष

चञ्चलेपनले गर्दा काम कार्य विग्रने छ । अनावश्यक कार्यमा लगानि गर्नाले पछुताउने पर्नेछ । स्वास्थ्य समस्याले गर्दा काम गर्न सकिने छैन । जिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाइ खाइनेछ ।

बृष

काम गरेर आत्मसन्तोष मिल्नेछ । नयाँ कार्यको संझौता गरिनेछ । सामाजिक पदप्रतिष्ठा मिल्नेछ । सहोदरका व्यक्तिको साथ सहयोगले कार्य बन्ने छन् । साझेदारी कार्यबाट उचित लाभ पाइनेछ ।

मिथुन

मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । थोरै समयमा धेरै कार्य गर्न सकिनेछ । दैनिक कार्यमा समेत नयाँ तौर तरिकाको प्रयोगले गर्दा सहजताको अनुभव हुनेछ । मन खुसी रहनेछ ।

कर्कट

आत्मकारक ग्रहको पूर्ण रुपमा साथ मिलेको छ । वाक् कलाको बृद्धि विकास हुनेछ । सहनशिलता र कृयाशिलतामा बढवा हुनेछ । सन्तोषी प्रवृत्ति रहनेछ । मिहिनेत अनुसारको लाभ पाइनेछ ।

सिंह

द्विस्वभाव युक्त सोचाइका कारण निर्णय लिन गाह्रो पर्नेछ । गलत व्यक्तिको संगतले नकारात्मक कार्यमा सरीक भइन सक्छ, सजक रहनु होला । कठोर बोली व्यवहारका कारण आफन्तजनहरु टाढिने छन् ।

कन्या

कार्य गरेर छिट्टै परिणाम आउँदा खुसी लाग्नेछ । आम्दानीका नयाँ बाटाहरु फेला पर्ने छन् । अध्ययनमा रुचि बढ्नेछ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । शुभ समाचार पाइनेछ ।

तुला

नयाँ क्षेत्रको प्रवेश गर्ने अवसर मिल्नेछ । अघिदेखि अल्झिएका कार्यले स्थान पाउने छन् । नयाँ ठाउँको भ्रमणको योग बनेको छ । बन्धुवान्धवको सहयोगले कार्यको आरम्भ हुनेछ । ठूला व्यक्तिसँग नजिकिने छ ।

वृश्चिक

आध्यात्मिक चिन्तन रहनेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । धार्मिक कृत्यमा मन रमाउनेछ । नयाँ योजनाका साथ अघि बढिनेछ । स्वास्थ्य समस्यामा कमी हुनेछ । साहित्यक क्षेत्रमा रुचि जाग्नेछ ।

धनु

विना सोच, तयारी निर्णय लिँदा पछि आँफैलाई समस्यामा पार्न सक्छ, सतर्क रहनु होला । प्रेमीप्रेमीका विच मनमुटावको स्थिती सृजना हुनेछ । शारीरिक आलस्यताले छाड्ने छैन । दैनिकीमा नै व्यस्थ रहनुहोला ।

मकर

विद्वान व्यक्तिसँगको संगत रहनेछ । विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको नेतृत्व गर्न पाइनेछ । अरुलाई सजिलै आकर्षित पार्न सकिनेछ । नोकरीमा प्रशंसा मिल्नेछ । आर्थिक पक्ष बलियो नै रहनेछ ।

कुम्भ

सहज वातावरण बन्नाले कार्य गर्न सजिलो हुनेछ । विवादित कार्यलाई मिलाएर अघि बढ्न सकिनेछ । स्वास्थमा सुधार हुनेछ । अध्ययन अध्यापन क्षेत्रमा विशेष प्रगतिको योग बनेको छ । धन लाभ हुनेछ ।

मीन

काम गर्ने जोश जाँगर बढेर जानेछ । कलात्मक कार्यमा मन जानेछ । पुराना अधुरा कार्यलाई पहल गर्दा बन्नेछन् । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक सुख सन्तोष मिल्नेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल मंसिर २० गते शनिबार, तदनुसार ई.सं. २०२० डिसेम्बर ५ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशिर्षकृष्णपक्षको पञ्चमी तिथि वेलुका ५ः२८ बजेसम्म, त्यसपछि षष्ठी तिथि रहनेछ ।

नक्षत्र तिष्य दिवा १२ः५० बजेसम्म, त्यसपछि अश्लेषा रहनेछ ।
विष्कुंभादी योग ब्रह्मा पूर्वान्ह ८ः५१ बजेसम्म, त्यसपछि ऐन्द्र रहनेछ ।
आनन्दादी योग मित्र ।
करण गर मध्यरात्रि पछि ५ः०५ बजेसम्म, त्यसपछि भद्रा रहनेछ ।
श्रीसूर्य बृश्चिक राशिमा, चन्द्रमा : कर्कट राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः४१ बजे, सूर्यास्त : बेलुका ५ः०७ बजे ।