राशिफल

२०७७ मंसिर १३ गते शनिबार

मेष

व्यवसायबाट मनग्य नाफा कमाउन सकिनेछ । आत्मबल आत्मविश्वास बढेर जानेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । ठूला व्यक्तिको संगत गर्न पाइनेछ । पढाइमा रुचि बढ्नेछ ।

बृष

शारीरिक आलस्यताले सताउनेछ । आम्दानी भन्दा खर्चभार बढी हुँदा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । गोपनीयता बाहिरीँदा समस्यामा परिन सक्छ, सजक रहनु होला । व्यर्थको कार्यमा समय वित्ने देखिन्छ ।

मिथुन

मांगलिक कार्यको निम्तो पाइनेछ । आय मूलक कार्यमा ध्यान जानेछ । नयाँ–नयाँ प्रस्तावहरु आउने छन् । अघिदेखि रोकिएका वित्तीय कारोवारलाई अघि बढाउन सकिनेछ । गरेका कार्य सफल बन्दा हर्ष बढ्नेछ ।

कर्कट

प्रतिक्षित नतिजामा सफलता मिल्नेछ । सहज वातावरण बन्नेछ । नोकरीमा प्रशंसा एवं नयाँ जिम्मेवारी थपिनेछ । मान्यजनको सहयोगले असंभव कार्य पनि सहज तवरले बन्नेछन् । प्रशासनिक कार्य सजिलै बन्नेछन् ।

सिंह

सानातिना समस्यामा नआत्तिनु होला । बुद्धिमता ढंगले अघि बढ्दा सफल भइनेछ । आध्यात्मिक चिन्तन रहनेछ । परोपकारी कार्यमा सहभागी हुन पाउँदा खुसी लाग्नेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्ने समय रहेको छ ।

कन्या

पारिवारिक समस्याले गर्दा कार्य गर्ने वातावरण बन्नेछैन । अनावश्यक चिन्ता बढ्नेछ । क्षणिक फाइदालाई हेर्दा महत्वपूर्ण अवसर फुत्कनेछ । कडा परिश्रमका बापजुध पनि न्यून उपलब्धिमा नै चित्त बुझाउनु पर्नेछ ।

तुला

आकर्षण शक्ति बढेर जानेछ । माया–प्रेमको बन्धन कसिलो बन्नेछ । अरु व्यक्तिलाई विश्वास दिलाउन सक्दा महत्वपूर्ण जिम्मेवारी पाइनेछ । काम गर्ने शैलीको प्रशंसा हुनेछ । मानसिक शान्तिको अनुभव हुनेछ ।

वृश्चिक

दोधारेपनले गर्दा निर्णय लिन गा¥हो पर्न सक्छ, गुरुजन वा अग्रजको सहयोग लिनुहोला । आर्थिक पक्षमा भने सुधारको संकेत देखिन्छ । शत्रू पक्ष कमजोर रहँदा कार्य गर्न सहज हुनेछ । नयाँ सीप सिकिनेछ ।

धनु

सोच्न सक्ने क्षमताको कदर हुनेछ । शैक्षिक क्षेत्रमा मन जानेछ । पारिवारिक सरसहयोगले कार्य गर्न सहज हुनेछ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । नजिकका व्यक्तिसँग मिष्ठान्न भोजनको योग बनेको छ ।

मकर

आफ्नै निर्णयले आफैलाई समस्यामा पार्न सक्छ, सोचेर निर्णय लिनु होला । स्थानान्तरणको समस्याले सताउनेछ । घरायसी समस्या सृजना हुनेछ । विना तयारी कार्यमा लाग्दा अन्योलको वातावरण बन्नेछ ।

कुम्भ

मन मिल्ने व्यक्तिसँगको आकस्मिक रमाइलो भेटघाट हुनेछ । सहयोगीहरुको उचित रुपमा साथ मिल्दा थालेका कार्यमा सफलता मिल्नेछ । आर्थिक लगानीको अवसर मिल्नेछ । गरेका कार्यबाट दिगो रुपमा लाभ पाइनेछ ।

मीन

सान्दर्भिक कार्यको थालनीले गर्दा धेरै व्यक्तिको साथ सहयोग मिल्नेछ । घरमा नयाँ चहल पहल छाउनेछ । धन सञ्चय गर्न मन लाग्नेछ । विशिष्ट समारोहमा मानसम्मान मिल्नेछ । बोलिकै भरमा ठूूूला कार्य बन्नेछन् ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल मंसिर १३ गते शनिबार, तदनुसार ई.सं. २०२० नोभेम्बर २८ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार कार्तिक शुक्लपक्षको त्रयोदशी तिथि पूर्वान्ह १०ः३२ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि रहनेछ ।

नक्षत्र भरणी मध्यरात्रि पछि ४ः१० बजेसम्म, त्यसपछि कृत्तिका रहनेछ ।
विष्कुंभादी योग वरीयान् पूर्वान्ह ११ः११ बजेसम्म, त्यसपछि परिघ रहनेछ ।
आनन्दादी योग ध्वांक्ष ।
करण गर वेलुका ११ः३७ बजेसम्म, त्यसपछि भद्रा रहनेछ ।
श्रीसूर्य बृश्चिक राशिमा, चन्द्रमा : मेष राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः३६ बजे, सूर्यास्त : बेलुका ५ः०६ बजे ।