राशिफल

२०७७ मंसिर १२ गते शुक्रबार

मेष

सकारात्मक सोच, विचारको उदय हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । व्यवसायमा समेत आयदर बढ्नाले खुसीयाली छाउनेछ । सम्मानजनक कार्य गरिनेछ । अध्ययनमा रुचि बढ्नेछ । समग्रमा दिन शुभ रहने देखिन्छ ।

बृष

परिश्रम अनुसारको प्रतिफल नमिल्दा काम गर्ने जोश जाँगर घट्नेछ । विपक्षीहरुले दुःख दिने छन् । व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण कार्य भने ओझेलमा पर्नेछ । काम–काम भन्दा स्वास्थ कमजोर बन्नेछ, ध्यान दिनुहोला ।

मिथुन

अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । शुभ समाचार सुन्न पाइनेछ । व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सहज वातावरण बन्नाले नयाँ कार्यको थालनि गरिनेछ । इमान्दारीताको प्रशंसा मिल्नेछ ।

कर्कट

सृजनात्मक कार्यमा मन जानेछ । वहान सुख मिल्नेछ । मान्यजनको साथ, सहयोग पाइनेछ । प्रभावकारी कार्यको आरम्भ हुनेछ । स्वास्थ्य ठीकठाक नै रहला । नोकरीमा प्रशंसा एवं जिम्मेवारी बढ्नेछ ।

सिंह

धार्मिक आस्था जाग्नेछ । सोचेका कार्य एकाएक पूरा हुँदा हर्ष बढ्नेछ । अघिदेखिका समस्या हल भएर जानेछन् भने नयाँ कार्यको प्रस्ताव समेत आउने छन् । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । धन लाभ हुनेछ ।

कन्या

नयाँ कार्यको आरम्भले तनाब मात्र थपिनेछ । अल्छि गर्नाले महत्वपूर्ण अवसर फुत्कनेछ । सामाजिक कार्यबाट जश मिल्ने छैन । दैनिक कार्यमा समेत समस्या सृजना हुनेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

तुला

मानसिक क्षमताको बृद्धिविकास हुनेछ । विपरीत लिंगिको सहयोग मिल्नेछ । सामान्य प्रयासले नै लक्ष्यमा पुग्न सकिनेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो जमघट हुनेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ ।

वृश्चिक

घरायसी समस्या हल भएर जानेछ । तनाबदायी कार्यको नेतृत्व गर्नु परेता पनि अग्रजको साथ÷सहयोग मिल्दा सफलता मिल्नेछ । व्यवसायमा गरेको लगानिले दिगो रुपमा फाइदा लिन सकिनेछ ।

धनु

पारिवारिक सहयोग मिल्नेछ । बौद्धिक कलाको प्रशंसा हुनेछ । स्वास्थ्य सामान्य बन्दै जानेछ । अध्ययन अध्यापन क्षेत्रमा प्रगति हुनेछ । विवादित कार्यलाई मेलमिलापको वातावरणद्वारा सुल्झाउन सकिनेछ ।

मकर

विपक्षीको प्रलोभनमा पर्दा समस्यामा परिनेछ । शारीरिक कमजोरीले कार्य गर्न मन लाग्ने छैन । जिम्मा लिएका कार्यलाई समयमा पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ । कम बोल्ने र दैनिकीमा व्यस्थ रहनु उचित हुनेछ ।

कुम्भ

मांगलिक कार्यको निम्तो पाइनेछ । मनमा शान्ति एवं शरीररमा कान्ति छाउने समय रहेको छ । साथीभाइसँगको रमाइलो भ्रमणको योग बनेकोछ । कृषि क्षेत्रबाट अपेक्षित लाभांश मिल्दा हर्ष बढ्नेछ ।

मीन

अचल सम्पत्तिमा गरेको लगानिले दिगो रुपमा फाइदा लिन पाइनेछ । सुखसुविस्ताका साधनहरु जुट्नेछन् । आकस्मिक लाभको योग बनेको छ । बोलिकै भरमा काम बन्नेछ । सानातिना समस्यामा नआत्तिनु होला ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल मंसिर १२ गते शुक्रबार, तदनुसार ई.सं. २०२० नोभेम्बर २७ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार कार्तिक शुक्लपक्षको द्वादशी तिथि विहान ८ः२२ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि रहनेछ ।

नक्षत्र अश्विनी रात्रि १ः३४ बजेसम्म, त्यसपछि भरणी रहनेछ ।
विष्कुंभादी योग व्यतिपात पूर्वान्ह १०ः३८ बजेसम्म, त्यसपछि वरीयान् रहनेछ ।
आनन्दादी योग वज्र ।
करण कौलव वेलुका ९ः२७ बजेसम्म, त्यसपछि गर रहनेछ ।
श्रीसूर्य बृश्चिक राशिमा, चन्द्रमा : मेष राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः३५ बजे, सूर्यास्त : बेलुका ५ः०६ बजे ।