राशिफल

२०७७ असोज २७, मंगलबार

मेष

नयाँ अवसरहरु मिल्ने छन् । सकारात्मक सोच विचार रहनेछ । शैक्षिक गतिविधिमा उत्कृष्ट नतिजा आउँदा मन खुसी रहनेछ । पारिवारिक सरसहयोगले कार्य गर्न सहज हुनेछ ।स्वास्थ्यको भने ख्याल पु¥याउनुहोला ।

बृष

मानसिक चिन्ता, पीरले सताउनेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । बन्धुवान्धवसँग बोलिकै कारण सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । जिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ ।

मिथुन

मिहिनेत अनुसारको प्रतिफल मिल्दा हौसला बढ्नेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो भ्रमण हुनेछ । काम गर्ने जोश जाँगर थपिनेछ । सहमति र सहकार्यको वातावरणले गर्दा सहज तवरले कार्य बन्नेछन् ।

कर्कट

अल्छि गर्ने वानीले पछि परिनेछ, जागरुक रहनु होला । धार्मिक एवं सामाजिक कार्यबाट उच्च सम्मान मिल्नेछ । अचल वस्तुमा गरेको लगानिले पछि ठूलो फाइदा दिलाउने छ । आर्थिक पक्ष बलियो नै रहनेछ ।

सिंह

सिंह ः बोलि बिक्ने समय रहेको छ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ । ठूला व्यक्तिसँग संगत रहनेछ । सान्दर्भिक कार्यको शुरुवाति गरिनेछ । इमान्दारीताको कदर हुनेछ । श्रृंगारिक कार्यमा मन जानेछ ।

कन्या

पढाइलेखाइमा भन्दा बाहिरी कुरामा मन जानेछ । स्वास्थ्य कमजोर बन्नेछ । अनावश्यक कार्यमा खर्चभार बढ्नेछ । दैनिक कामकाजमा पनि समस्या सृजना हुनेछ । हिनताबोधले गर्दा कार्य गर्न मन लाग्ने छैन ।

तुला

लामो समयदेखि रोकिएका कार्यहरु बन्नेछन् । नयाँ नयाँ वस्तुको उपभोग गर्न पाइनेछ । गुमेको धन हात पर्दा प्रसन्नता छाउनेछ । आर्थिक आम्दानीमा बढोत्तरी हुनेछ । नयाँ कार्य योजनाहरु रचिने छन् ।

वृश्चिक

विशिष्ट व्यक्तिसँग सहकार्य गर्ने अवसर जुट्नेछ । नयाँ सिप सिक्ने अवसर मिल्नेछ । घरायसी समस्या हल हुनेछ । काम अनुसारको नाम, दाम मिल्नेछ । कार्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पाइनेछ ।

धनु

समय सुधारोन्मुख रहनेछ । बल, विद्या, नाम, दाम मिल्ने समय रहेको छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । सहयोगीहरुको साथले अपूरा कार्यलाई अघि बढाउन सकिनेछ । अध्ययनमा सुधारको संकेत देखिन्छ ।

मकर

अरु व्यक्तिको नियम, नियन्त्रणमा बस्न सकिने छैन । नयाँ कार्यको थालनि गर्दा बाधा अड्चनहरु देखा पर्नेछन् । अरुले गरेको गल्तिको आरोप तपाईँलाई आउन सक्छ, सतर्क रहनु होला । ठूलो लगानि उचित देखिन्न ।

कुम्भ

थालेका अधिकांश कार्य पूरा हुँदा मन हर्षित बन्नेछ । मानसिक शान्तिको अनुभूति हुनेछ । नेतृत्व गणसँगको सम्बन्ध निकट बन्नेछ । लामो समय पछि मित्र मिलन हुनेछ । प्रेम प्रसंग चल्नेछ । हर्षको खबर मिल्नेछ ।

मीन

व्यवसायबाट सोचे अनुरुप लाभ मिल्दा खुसीयाली छाउनेछ । पूर्व तयारीका साथ लाग्दा धेरै कार्यहरु बन्नेछन् । स्थान, मान प्रप्तिको योग बनेको छ । वैदेशिक क्षेत्रका अपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल असोज २७ गते मंगलबार, तदनुसार ई.सं. २०२० अक्टोबर १३ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार अधिक आश्विनकृष्णपक्षको एकादशी तिथि पूर्वान्ह १०ः०४ बजेसम्म, त्यसपछि द्वादशी तिथि रहनेछ ।

नक्षत्र मघा वेलुका ८ः०४ बजेसम्म, त्यसपछि पूर्वफाल्गुनी रहनेछ ।
विष्कुंभादी योग शुभ दिवा ३ः४८ बजेसम्म, त्यसपछि शुक्ल रहनेछ ।
आनन्दादी योग काल ।
करण कौलव वेलुका ९ः१६ बजेसम्म, त्यसपछि गर रहनेछ ।
श्रीसूर्य कन्या राशिमा, चन्द्रमा : सिंह राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ६ः०३ बजे, सूर्यास्त : बेलुका ५ः३५ बजे ।