राशिफल

२०७७ असोज १७, शनिबार

मेष

सम्मानजनक कार्य गरिनेछ । अध्ययनमा रुचि बढ्नेछ । सकारात्मक सोचको उदय हुनेछ । स्वास्थ्यमा समेत सुधार हुनेछ । व्यवसायमा आयदर बढ्नाले खुसीयाली छाउनेछ । विशेष कार्यको जिम्मा पाइनेछ ।

बृष

विपक्षीहरुले दुःख दिने छन् । व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण कार्य भने ओझेलमा पर्नेछ । काम काम भन्दा स्वास्थ कमजोर बन्नेछ, खानपानमा ध्यान दिनुहोला । परिश्रम अनुसारको प्रतिफल नमिल्दा काम गर्ने जाँगर घटेर जानेछ ।

मिथुन

व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सहज वातावरण बन्नाले नयाँ कार्यको आरम्भ हुनेछ । इमान्दारीताको प्रशंसा मिल्नेछ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । हर्षको खबर मिल्नेछ ।

कर्कट

वहान सुख मिल्नेछ । प्रभावकारी कार्यको आरम्भ हुनेछ । स्वास्थ्य ठीकठाक नै रहला । नोकरीमा प्रशंसा एवं जिम्मेवारी बढ्नेछ । सृजनात्मक कार्यमा मन जानेछ । मान्यजनको साथ, सहयोगले कार्य गर्न सहज हुनेछ ।

सिंह

टाढिएका आफन्तजनसँग मिलन हुनेछ । अघिदेखिका समस्या हल हुनेछन् भने नयाँ कार्यहरुको प्रस्ताव आउने छन् । सामाजिक कार्यमा चासो रहनेछ । वित्तिय कारोबारले गति लिनेछन् । तर नोकरीमा भने अपजश मिल्नेछ ।

कन्या

अल्छि गर्नाले महत्वपूर्ण अवसर फुत्कनेछ । सामाजिक कार्यबाट जस मिल्ने छैन । दैनिक कार्यमा समेत समस्या सृजना हुनेछ । नयाँ कार्यको आरम्भले तनाब मात्र थपिनेछ । अरुको प्रलोभनमा नपर्नुहोला ।

तुला

आकस्मिक लाभको संकेत देखिन्छ । मानसिक क्षमताको बृद्धिविकास हुनेछ । सामान्य प्रयासले नै कार्य बन्दा खुसीयाली छाउनेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो जमघट हुनेछ । विपरीत लिंगिको सहयोगले कार्य बन्नेछन् ।

वृश्चिक

तनाबदायी कार्यको नेतृत्व गर्नु परेता पनि अग्रजको साथ तथा सहयोग मिल्दा सफल भइनेछ । लगनशिलताको विकास हुनेछ । व्यवसायमा गरेको लगानिले दिगो रुपमा फाइदा मिल्नेछ । घरायसी समस्या हल भएर जानेछ ।

धनु

विवादित कार्यलाई मेलमिलापको वातावरणद्वारा सुल्झाउन सकिनेछ । पारिवारिक सहयोग मिल्नेछ । स्वास्थ्य अवस्था सामान्य बन्दै जानेछ । अध्ययन अध्यापन क्षेत्रमा प्रगति हुनेछ । असन्तुष्टिपनले भने छाड्ने छैन ।

मकर

अधिक परिश्रमका बापजुध पनि न्यून प्रतिफल मिल्नेछ । जिम्मा लिएका कार्यलाई समयमा पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ । शारीरिक कमजोरीले कार्य गर्न मन लाग्ने छैन । विपक्षीको प्रलोभनमा नपर्नुहोला ।

कुम्भ

मांगलिक कार्यको निम्तो पाइनेछ । साथीभाईसँगको रमाइलो भ्रमणको योग बनेको छ । कृषि क्षेत्रबाट अपेक्षित लाभांस मिल्दा हर्ष बढ्नेछ । मनमा शान्ति एवं शरीररमा कान्ति छाउने छ । लामो समय पनि प्रीयजनसँग भेट हुनेछ ।

मीन

विना तयारी कार्य थाल्दा अलमलमा परिनेछ । जिद्दि गर्ने बानिका कारण बन्नै आँटेका कार्य पनि रोकिने छन् । अवसरलाई चिन्न नसक्दा महत्वपूर्ण मौका गुम्नेछ । शारीरिक आलस्यताले सताउनेछ । ठूलो लगानि उचित देखिन्न ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल असोज १७ गते शनिबार, तदनुसार ई.सं. २०२० अक्टोबर ३ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार अधिक आश्विन कृष्णपक्षको द्वितीया भोलि विहान ५ः२९ बजेसम्म, त्यसपछि तृतीया तिथि रहनेछ ।

नक्षत्र रेवती विहान ८ः३५ बजेसम्म, त्यसपछि अश्विनी रहनेछ ।
विष्कुंभादी योग व्याघात वेलुका १०ः५० बजेसम्म, त्यसपछि हर्षण रहनेछ ।
आनन्दादी योग धाता ।
करण तैतिल वेलुका ४ः२६ बजेसम्म, त्यसपछि वणिक् रहनेछ ।
श्रीसूर्य कन्या राशिमा, चन्द्रमा : मीन राशिमा विहान ८ः३५ बजेसम्म रहनेछ ।
सूर्योदय ५ः५८ बजे, सूर्यास्त : बेलुका ५ः४६ बजे ।