राशिफल

२०७७ असोज १२, सोमबार

मेष

नयाँ मित्र बनाउने अवसर समेत मिल्नेछ । व्यापार व्यवसायबाट सोचे अनुरुप नाफा कमाउन सकिनेछ । कार्य क्षेत्रप्रति समर्पित भइनेछ । नयाँ–नयाँ कार्य योजनाहरु रचिने छन् । दिन लाभकारी रहनेछ ।

बृष

अरु व्यक्तिको समस्यामा सहयोगीको भूमिका निर्वाह गर्न पाउँदा आनन्द लाग्नेछ । धर्मकर्ममा रुचि जाग्नेछ ।सामाजिक पदप्रतिष्ठा मिल्नेछ । विशिष्ट स्तरका व्यक्तिसँग सम्पर्क बढ्नेछ । मन खुसी रहला ।

मिथुन

पूर्वाद्र्धको समय तनाबदायी नै रहनेछ । स्वास्थ्य कमजोर, आर्थिक अवस्था कमजोर तथा चिन्ता, पीर थपिनेछ । उत्तराद्र्धको समयमा समस्याको हल हुनेछ । आयदरमा बढोत्तरी हुनेछ । शान्ति मिल्नेछ ।

कर्कट

नयाँ स्थानको भ्रमणको योग बनेको छ । मन मिल्ने व्यक्तिसँगको रमाइलो पल रहनेछ । मध्यान्ह पछिको समयमा व्यर्थको कार्यमा भुल्नाले महत्वपूर्ण अवसर गुम्नेछ । शैक्षिक क्षेत्रमा मन जाने छैन ।

सिंह

आर्थिक दृष्टिले दिन उत्कृष्ठ नै मान्नु पर्छ । विपक्षीहरु मेलमिलापमा आउन बाध्य हुनेछन् । घरायसी समस्या हल भएर जानेछ । विशेष अवसर मिल्नेछ । इच्छा लागेका कार्यको जानकारी लिइ लाग्नुहोस्, सफलता मिल्नेछ ।

कन्या

अध्ययनमा अल्लि जोड दिनु पर्छ । मान्यजनसँगको बोली, बचनमा सजकता अपनाउनु होला । अग्रजको सहयोगले कार्यमा लाग्दा विशिष्ट स्थान मिल्नेछ । आर्थिक अवस्था मध्यम रहनेछ । दिन मिश्रीत फलदायी रहला ।

तुला

पूर्वाद्र्धको समयमा शारीरिक आलस्यताले कार्य गर्न नसकेता पनि उत्तराद्र्धको समयमा केही कार्य गर्ने वातावरण बन्नेछ । सोच्न सक्ने क्षमताको विकास हुनेछ । आर्थिक पक्षमा समेत सुधारको संकेत देखिन्छ ।

वृश्चिक

सहोदरका व्यक्तिको सहयोगले कार्य बन्नेछन् । मानसिक शान्तिको अनुभूति हुनेछ । मध्यान्ह पछि चौंथो भावमा चन्द्रमा जानेछ, जस्का प्रभावले समस्या एवं अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्नेछ ।

धनु

पूर्वाद्र्धमा केही अन्योलताले निर्णय लिन गाह्रो परेता पनि दिनको उत्तराद्र्धको समयमा अनुकूलको वातावरण बन्नेछ । पराक्रम बढेर जानेछ । थालेका अधिक कार्यहरु बन्नेछन् । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ ।

मकर

नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ । धेरै व्यक्तिको विश्वासको पात्र बनिनेछ । आर्थिक अवस्था मजबुत नै रहनेछ । महत्वाकांक्षि योजनाहरु रचिने छन् । आज थालेका कार्यले दिगो रुपमा लाभ लिन पाइनेछ ।

कुम्भ

पूर्वाद्र्धको समयमा अरुको भरमा कार्य गर्नुपर्नेछ । स्वास्थ्य कमजोर नै रहनेछ । तर मध्यान्ह पछिको समयमा भने आकस्मिक लाभ मिल्नेछ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । शुभ खबर सुन्न पाइनेछ ।

मीन

नयाँ तौर तरिकाको प्रयोगले आयदर बढाउन सकिनेछ । गुमेको धन हात पर्नेछ । तर मध्यान्ह पछि ठूलो लगानि नगर्नुहोला । तपाईँको बोलिको गलत अर्थ लगाउने छन् । विवादित कार्यको नेतृत्व गर्नपर्ने देखिन्छ ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल असोज १२ गते सोमबार, तदनुसार ई.सं. २०२० सेप्टेम्बर २८ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार अधिक आश्विनशुक्लपक्षको द्वादशी तिथि वेलुका ९ः४५ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि रहनेछ ।

नक्षत्र धनिष्ठा रात्रि १२ः२८ बजेसम्म, त्यसपछि शतभिषा रहनेछ ।
विष्कुंभादी योग धृती वेलुका १०ः०८ बजेसम्म, त्यसपछि शूल रहनेछ ।
आनन्दादी योग शुभ ।
करण बव पूर्वान्ह ९ः३४ बजेसम्म, त्यसपछि कौलव रहनेछ ।
श्रीसूर्य कन्या राशिमा, चन्द्रमा : मकर राशिमा पूर्वान्ह ११ः५६ बजेसम्म रहनेछ ।
सूर्योदय ५ः५५ बजे, सूर्यास्त : बेलुका ५ः५१ बजे ।