राशिफल

२०७७ असोज ११, आइतबार

मेष

अपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट हुनेछ । धेरै क्षेत्रमा दक्षता हाँसिल गरिनेछ । विशिष्ट व्यक्तिसँग सहकार्य गर्न पाउँदा हर्षित भइनेछ । ऐतिहासिक कार्यको आरम्भ हुनेछ ।

बृष

मांगलिक कार्यको निम्तो पाइनेछ । भाग्यले साथ दिँदा थालेका अधिकांश कार्यले पूर्णता पाउने छन् । छरछिमेकमा नयाँ चहलपहल रहनेछ । सकारात्मक सोचको विकास हुनेछ । आर्थिक पक्ष बलियो रहला ।

मिथुन

कडा परिश्रम पछि मात्र लक्ष्यमा पुग्न सकिनेछ । नयाँ लगानिले तनाब मात्र थपिनेछ । दैनिकीमा नै व्यस्थ रहनुहोला । सहयोगीहरुले साथ छाड्न सक्छन्, सजक रहनु होला । सोचे अनुरुप कार्य बन्ने छैन ।

कर्कट

पति–पत्नी विचको सम्बन्ध सुमधुर बन्ने समय रहेको छ । प्रेम प्रसंगले मूर्तरुप लिनेछ । मान्यजनको सहयोग उचित रुपमा मिल्नेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी भइनेछ । आकर्षण शक्ति बढेर जानेछ ।

सिंह

आर्थिक पक्ष सबल रहनेछ । व्यवसायमा नयाँ लगानि गर्दा पछिसम्म लाभ लिन पाइनेछ । शत्रू पक्ष कमजोर रहँदा कार्य गर्ने वातावरण बन्नेछ । पूराना उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ ।

कन्या

पढाइलेखाइमा मन जानेछ । पारिवारिक समस्या हल भएर जानेछ । सन्तानको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । रमाइलो यात्राको संभावना प्रवल देखिन्छ । मानसिक क्षमतामा बृद्धि विकास हुनेछ ।

तुला

स्वास्थ्य अवस्था कमजोर नै रहनेछ । नजिकका व्यक्तिसँग नै विवाद बढ्नेछ । श्रमको सही मूल्यांकन नमिल्दा कार्य गर्न मन लाग्ने छैन । गोपनीयता बाहिरीँदा समस्या सृजना हुन सक्छ, सजक रहनु होला ।

वृश्चिक

हर्षको खबर सुन्न पाइनेछ । वैदेशिक क्षेत्रका अपूरा कार्य बन्ने छन् । साथीसंगीसँगको सम्बन्धमा सुधार हुनेछ । कृषि एवं पशुपालमा लाग्नेहरुका लागि लाभकारी समय रहेको छ । अध्ययनमा रुचि बढ्नेछ ।

धनु

पूर्व तयारीका साथ कार्यमा लाग्दा विशेष सफलता मिल्नेछ । दिगो फाइदा हुने खाले कार्यको आरम्भ हुनेछ । विपक्षीहरु पनि मेलमिलापमा आउन बाध्य हुने छन् । खुसी बढ्नेछ । सानो कार्यमा भुल्ने समय छैन ।

मकर

आत्मकारक ग्रहको पूर्ण रुपमा बल मिलेको छ । मानसम्मान मिल्नेछ भने सामाजिक कार्यबाट जस समेत पाइनेछ । थालेका कार्यबाट छोटो समयमा नै लाभ लिन सकिनेछ । लामो समय पछि मित्र मिलन हुनेछ ।

कुम्भ

हतारमा गरेको निर्णयले पछुताउनु पर्नेछ । तपाईँको बालिको गलत अर्थ लाग्न सक्छ, बोलिमा संयम रहनुहोला । मनमा शंका उपशंका उब्जनेछ । शैक्षिक उपलब्धिमा ह्रास आउनेछ । जिद्दिपनले कार्य विग्रनेछ ।

मीन

व्यवसायमा नयाँ संझौता हुनेछ । मिहिनेतको उचित कदर हुनेछ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । नाम, दाम मिल्ने समय रहेको छ । आय मूलक कार्यमा ध्यान जानेछ । सही समयको उचित लाभ लिनुहोला ।

पञ्चाङ्ग

वि.सं. २०७७ साल असोज ११ गते आइतबार, तदनुसार ई.सं. २०२० सेप्टेम्बर २७ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरदऋतु, चान्द्रमान अनुसार अधिक आश्विनशुक्लपक्षको एकादशी तिथि वेलुका ९ः२९ बजेसम्म, त्यसपछि द्वादशी तिथि रहनेछ ।

नक्षत्र श्रवण वेलुका ११ः३१ बजेसम्म, त्यसपछि धनिष्ठा रहनेछ ।
विष्कुंभादी योग सुकर्मा रात्रि १०ः५९ बजेसम्म, त्यसपछि धृती रहनेछ ।
आनन्दादी योग गद ।
करण वणिक् पूर्वान्ह ९ः३३ बजेसम्म, त्यसपछि बव रहनेछ ।
श्रीसूर्य कन्या राशिमा, चन्द्रमा : मकर राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ५ः५५ बजे, सूर्यास्त : बेलुका ५ः५३ बजे ।