पोखरा, १५ फागुन । नेपाल तेक्वान्दो संघअन्तर्गत प्रदेश ४ मा जगनबहादुर गुरुङको अध्यक्षतामा गठित प्रदेश तदर्थ समितिको मंगलबार पदस्थापना भएको छ ।
११ सदस्यीय कार्यसमिति उपाध्यक्ष विष्णुहरि गौतम, महासचिव रमेश पौडेल, कोषाध्यक्ष माइकल कर्माचार्य र सहकोषाध्यक्ष दीपेन्द्र बाँस्कोटा रहेका छन् ।
उनीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले शपथ ग्रहण गराएका हुन् ।
पदस्थापन समारोहका प्रमुख अतिथि बाबुराम कुँवरले प्रमाणपत्र वितरण गर्दै खेलाडी राष्ट्रको गहना हुन् भने । सुरक्षा र सुविधा भन्ने कुरा लेखेरमात्र नहुने उनको जिकिर थियो। कुँवरले नेपालको खेलकुद विकासको लागि प्रतिबद्धताको जरुरत पर्ने औल्याए।
खेलाडीको अथक मेहनत र प्रयासमै राष्ट्रले अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्ने हुँदा खेलाडीको भविष्य सुनिश्चित पार्नेतर्फ राष्ट्रले पनि चासो देखाउनु पर्ने प्रदेश प्रमुख कँुवरले बताए ।
प्रदेशसभा सदस्य दीपक कोइरालाले अन्तर्राष्ट्रिय खेलमा तेक्वान्दोबाट नेपालले पदक जित्न सक्ने सम्भावित खेल रहेको उल्लेख गरे। प्रदेशस्तरीय समिति गठनसँगै तेक्वान्दो खेलको विकास हुने बताए। ‘प्रदेशबीच तेक्वान्दोको प्रतिस्पर्धाले खेलको विकास हुनसक्छ,’ कोइरालाले भने, ‘प्रदेश ४ को संघले मातहतको जिल्लामा तेक्वान्दो खेललाई समायोजन गर्नुपर्छ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले तेक्वान्दो खेलबाट राष्ट्रले सधैँ मेडलको अपेक्षा राख्ने गरेको औल्याउँदै १३ औं सागमामा पनि तेक्वान्दोबाट मेडलको आश राख्न सकिने बताए । ‘खेलकुदका १४३ संघ छन्,’ पौडेलले भने, ‘यद्यपि संघलाई परिमार्जन गर्नुछ।’
संघ अध्यक्ष जगनबहादुर गुरुङले तेक्वान्दो नेपालकै सफल खेल भएको बताउँदै प्रदेश नम्बर ४ खेलाडीको उर्भरभूमि भएको बताए । समितिले छिट्टै प्रदेश मातहतको सबै जिल्लामा समिति गठन गर्ने र ती समिति सक्रिय बनाउने प्रतिबद्धता जनाए। प्रत्येक जिल्लामा जिल्लास्तरीय र प्रदेशमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने उनले बताए ।
संघका केन्द्रीय अध्यक्ष प्रकाशशमशेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा तदर्थ समितिका नवनिर्वाचित उपाध्यक्ष विष्णुहरी गौतमले धन्यवाद र सञ्चारकर्मी दुर्गा अधिकारीले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
बाघचालमा नवीन प्रथम
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९