पोखरा, १५ फागुन । आई ब्लुज म्यानेजमेन्ट प्रालिले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा अन्तर्राष्ट्रियस्तरको ‘फुड कार्निभल’ कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ३० मा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो ।
नेपालीहरुमा नयाँ वर्षको आकर्षण बढाउन र खानाका परिकार तथा डिजे म्यूजिकमा रमाउने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विभिन्न संास्कृतिक पहिचान झल्काउने पोशाक, इच्छा अनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित डे्रस कोड, विभिन्न देशहरुको पोशाक लगाएर उपस्थित हुन मिल्छ ।
उत्कृष्ट पोसाकलाई आयोजकले मूल्यांकन गरेर सिंगापुर, थाइल्याण्ड, दुर्बई, इन्डोनेसिया लगायत देशको भ्रमणमा लैजानेछ ।
यस्तै, उत्कृष्ट दाह्री प्रदर्शन गर्नेलाई वेष्ट वियर्ड घोषणा गरी एट प्लस वा सामसुङको एट एज मोवाइल उपहार दिइने थापाले बताए । वेष्ट हेयर स्टाइलिस ५/५ जना महिला तथा पुरुषलाई मिडटाउन ग्यालेरियास्थित हङकङ यूनिक सलुनमा सोखअनुसारको हेयर स्टाइल बनाउने अवसर दिने, वेष्ट डे्रस महिलामध्येबाट उत्कृट १० जनालाई मिडटाउनस्थित क्लाउड नाइनमा दशहजार बराबरको सपिङ भौचर उपलब्ध गराइनेछ । कर्यक्रममा राष्ट्रियस्तरका डिजे कलाकार आउनेछन् । दुर्इ चरणमा हुने कार्यक्रमका लागि टिकटको व्यवस्था गरिएको प्रालिका उपाध्यक्ष धीरज थापाले बताए । उनका अनुसार पहिलो चरणमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म १ हजार रुपैयाँको टिकट छ भने ७ बजेदेखि सञ्चालन हुने दोश्रो चरणको कार्यक्रमका लागि २ हजार रुपैयाँको टिकट छ ।
रातिको टिकटमा वेलकम डि्रंक्सको समेत व्यवस्था गरिएको छ । १२ हजार रुपैयाँ दरको टिकट लिएर बाहिरी जिल्लाबाट आए दुर्इजनालाई एकतर्फी यातायात सुविधा, वेलकम डि्रङ्स, विहानको ब्रेकफाष्ट, फेवातालमा बोटिङ र उच्चस्तरीय होटलमा बासको समेत व्यवस्था मिलाइएको छ ।
यस्तै, बिहानको ब्रेकफाष्ट र फेवातालमा बोटिङ कार्यक्रममा २ हजार ५ सय भन्दा बढी सहभागी हुने आयोजकको अनुमान छ । त्यसमध्ये २ सय जना विदेशीमात्रै हुनेछन् । कार्यक्रमको आम्दानीमध्ये ५ प्रतिशत महावीर पुनले शुरु गरेका आविष्कार केन्द्रलाई सहयोग गर्ने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९