सामुदायिक माटेपानीको रक्तदान

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७४
blood donetion samudayik

पोखरा, १५ फागुन । ‘रक्तदान जीवनदान, जीवनदान महादान’  भन्ने मूल नाराका साथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा-१२ माटेपानीले मंगलबार खुला रक्तदान गरेको छ।

शीतलादेवीमा आयोजित कार्यक्रममा ३७ जनाले रक्तदान गरेको सहायक प्रहरी निरीक्षक टंक पौडेलले जानकारी दिए ।

वडाध्यक्ष रामबहादुर कार्कीले पहिलो रक्तदाता सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका पूर्वमहासचिव बिमलबहादुर कार्कीलाई ब्लगब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका द्वितीय उपाध्यक्ष चक्रपाणि सुवेदी, प्रहरी निरीक्षक दीपकबहादुर केसी, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, सामुदायिक प्रहरी हेमजाका अध्यक्ष विष्णु बास्तोला, पृथ्वीचोकका अध्यक्ष जयराम अधिकारी, बगरका सचिव रामभूषण पराजुली, जयकोट सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर कार्की, धादिङ सर्म्पर्क समाजका अध्यक्ष युवराज खतिवडा, शीतलाज्योति युवा क्लबका अध्यक्ष सन्तोष गुरुङ र कार्यक्रम संयोजक भुवनप्रसाद आचार्यले बोलेका थिए।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, माटेपानीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बलबहादुर कार्कीले स्वागत र सचिव मीरा आचार्यले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width